Logo
  चैत्र १६, २०८० शुक्रबार

गौ मूत्रबाट औषधि उत्पादन



सताक्षीधामको गोलोक गोर्वद्र्धन गौशाला

झापा, १८ असार । झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा गौ मूत्रबाट आयुर्वेदिक औषधि उत्पादन सुरु भएको छ ।

धाममा २०७१ सालमा स्थापना भएको गोलोक गोर्वद्र्धन गौशालाले गौ मूत्रबाट गौअर्क ब्राण्डको औषधि उत्पादन गरेको हो । गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुईँमा झर्न नदिई सोझै संकलन गरी वाष्फिकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रुपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक नन्दकिशोर भरद्वजले बताए । उनले दैनिक ४० लिटर गौअर्क उत्पादन हुने बताए । उनले भने, गौअर्क पेट लगायत रोगको उपचारमा प्रयोग हुन्छ ।

गौशालाले वेलको जुस, गोबरको कोइला, अगरबत्ति, हवन सामग्री, गड्यौला मलको पनि उत्पादन सुर गरेको छ । गड्यौला मल देनिक उक क्वीन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापनको जिम्मेवारी सम्माल्दै आएका लीला शास्त्रीले जानकारी दिए ।
गौशालामा रहेका गौको स्वास्थ्य उपचारको लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशलाले करोडौँ रुपैयाँको लागतमा शिव लिंग, मन्दिर निर्माण गरिरहेको छ । गौशलाले हरिदेव गुरुकुल विद्यालय संचालन गरिरहेको छ ।

गोलोक गोर्वद्र्धन गौशाला धाम स्थापना भएपछि सताक्षीधामको मुहारमा परिवर्तन आएको हो । गौशालाको स्थापना पछि सडक मर्मत भएको छ भने विद्युत पुगेको छ । धामको मुख्य क्षेत्रमा ड्रेन निर्माण भएको छ भने थप व्यवस्थित बनाउने कार्य नगरपालिकाले गरेको छ । मठ मन्दिर निर्माण, भौतिक पूर्वाधारको बिकासले सताक्षीधाम राम्रो धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्