Logo
  चैत्र १६, २०८० शुक्रबार

बिर्तामोड नगरका सामुदायिक विद्यालय सूधारका नयाँ राणनीति



झापा, १६ असार । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने रणनीति बनाएको छ । नगरपालिकाले नगरका १८ वटा सामुदायिक विद्यालय तथा बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक रणनीति बनाएको छ । नगरपालिकाले शिक्षा शाखालाई सक्रिय बनाएको छ ।

नगरपालिकाले विद्यालय अनुगमन टोली बनाएर विद्यालय अनुगमन गर्ने र निगरानीमा राख्ने काम सुरु गरेको छ । नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कुनैपनि बालबालिका विद्यालय जानबाट वञ्चित नहुन भन्ने उद्देश्यले काम थालेको नगारपालिकाले जनाएको छ ।

विद्यालयको अवस्था हेरेर बजेट
बिर्तामोडामा रहेका सामुदायिक विद्यालयकोे शैक्षिक गुणस्तर बृद्धिका लागि गत आर्थिक वर्षमा ३ करोड ३८ लाखरुपैयाँ बढी बजेट नगरले विनियोजन गरेको थियो ।

विज्ञान प्रयोगशाला, कम्प्युटर सम्बन्धि विभिन्न कार्यक्रम, पुस्तकालय, व्यास्थापनको लागि संघीय सरकारले छुट्याएको बजेट जिल्ला शिक्षा कार्यलय मार्फत प्रत्येक वर्ष वितरण हुँदै आएको छ । विद्यालयको अवस्था अवलोकन गरी माध्यमिक तहका विद्यालयलाई बजेट वितरण गरी व्यपस्थित गरिएको छ ।

शिक्षामा चुनौती
नगरका शिक्षा अधिकृत युवराज पाण्डेले शिक्षा शाखाले प्रत्येक विद्यालयमा हाजिरीको व्यावस्था गरेकाले शिक्षकमा आमुल परिवर्तन आएको बताए । उनले यसको प्रभावकारितालाई मध्यनजर गरि आगामी दिनमा अझै बिस्तार गर्दै लैजाने शाखाको योजना रहेको बताए ।

पाण्डेले नगरले फरक क्षमता भएका विद्यार्थीको लागि छुटै स्थानमा राखेर अध्यान गाराउने व्यावस्था गर्दै आएको बताए । उनले भने, ‘फरक क्षमता भएका विद्यार्थीलाई अध्यान गर्न सहज भएको छ । यस्ता फरक क्षमता भएका विद्यार्थीलाई केयर टेकरको निगरानिमा राख्नु पर्ने राज्यको व्यावस्था छ ।’ जसअनुरुप विराट आधारभूत विद्यालयमा यसको व्यावस्था गरेको उनको भनाइ छ ।

वर्तमान शिक्षाका हरेक क्षेत्रमा चुनौती रहेको शिक्षा अधिकृत पाण्डेले बताए । ‘बसाई व्यवस्थापन तथा खाजाको प्रवन्धको अनुगमन, विषयवस्तु भन्दा भाषालाई ध्यान दिनु, बालमैत्री शिक्षा, प्रभावकारी अनुगमनको कमी जस्ता अन्य धेरै क्षेत्रहरुमा चुनौती रहेको पाण्डेको भनाइ छ ।

सामुदायिक स्कुललाई ३ तहमा विभाजन
नगरपालिकाले शैक्षिक अवस्थाको अवलोकन गरी सामुदायिक स्कुललाई उत्तम, मध्यम र सुधार गर्नुपर्ने गरी ३ तहमा विभाजन गरेसंगै लक्ष्मिनारारयन प्राथमिक विद्यालय उत्तममा पर्न सफल भएको छ ।

स्थानिय तहद्वारा सञ्चालित शिक्षा शाखाले हरेक विद्यालयको स्तर बृद्धी गर्ने उदेश्यले अनुगमन लाइ प्रथमिक्तामा राखेको छ । जस अनुसार महेन्द्रज्योती माध्यमिक विद्यालय सुधार गर्नुपर्ने श्रेणीमा रहेको छ । यस विद्यालयको शैक्षिक स्थितिको सुधारको लागी आवश्यकीय बस्तुको पहिचान गरी विभिन्न शैक्षिक सामग्री र अनुदान शिक्षा शाखाले वितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा भवन निर्माणको लागि २४ लाख अनुदान दिएको छ भने प्राविधिक ज्ञानको विकासको लागि २ वटा ल्याप्टप, ३ वटा कम्प्युटर र १ वटा प्रिन्टर वितरण गरिएको छ । नगरले पनि विद्यालयको अनुगमन गरेर वर्गिकरण गरेर विद्यालयको सूधार गर्दै आएको छ । अनुगमनमा बिर्तामोड १ मा रहेको पञ्चरत्न माध्यमिक विद्यालय उत्कृष्टमा रहेको छ ।

मल्टिमिडियाबाट अध्यापन गराउँदै
बिर्तामोड नगरपालिका –३ मा रहेको महेन्द्ररतन मावि नमूना विद्यालयको अवधाराणका साथ अघि बढ्दै आएको छ । नमूना विद्यालय निर्माणका लागि आगामि आर्थिक वर्षमा डेढ करोड रुपैयाँ विनियोजन गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बु बताउँछन् । उनले भने, ‘नमूना विद्यालयको कन्सेप्टमा सबै विद्यार्थीलाई मल्टिमिडियाबाट अध्यापन गराउँदै आएका छौ ।’

बिर्तामोड नगरपालिकामा नर्सरीदेखि १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाई हुदै आएको एक मात्र विद्यालय महेन्द्ररत्न रहेको उनको भनाई छ । नमूना विद्यालय स्थापनामा स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको प्रधानाध्यापक लिम्बुले बताए ।

विद्यालयमा वायोलोजी, क्यामेस्ट्री, फिजिक्स लगायत तिनैवटा विज्ञान प्रयोगशालाको पनि राम्रो व्यवस्था गरिएको छ । प्रोजेक्टरबाट अध्ययन गर्दा विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुगेको विद्यालयमा अध्यानरत विद्यार्थी बताउँछन् । अन्य विद्यालयमा पनि यसप्रकारका प्रविधि विकास गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

सक्षम शिक्षकको व्यवस्थापनमा नगर
सक्षम र नयाँ पुस्ताका शिक्षकको व्यवस्थापनमा नगर सचेत रहेको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुब कुमार शिवाकोटी बताउँछन् । स्वच्छ वातवरणमा अध्ययनपन गर्ने वातवरण निर्माण, खानेपानीको व्यवस्थापन, शैचालय निर्माणमा ध्यान दिएको उनको भनाइ छ । विद्यालयको स्तरउन्नतीका लागि विद्यालयको भ्रमण र व्यवस्थापन गर्दै आएको प्रमुख शिवाकोटीले बताए ।

आगामी शैक्षिक कार्यक्रम तथा योजना
आगामी शैक्षिक कार्यक्रम अन्तरगत नगरले नयाँ शैक्षिक योजनाबाट सकारात्मक परिणाम प्राप्त हुने अपेक्षा गरेको छ । उत्कृष्ट शिक्षण सिकाइको वातावरण मार्फत गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको सुनिश्चित गर्ने नगरले जनाएको छ । यसै योजना अनुरुप नगरले सम्पूर्ण बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गर्ने, विद्यालयमा नविनतम शिक्षण–सिकाई प्रविधिको प्रयोग गर्ने, शिक्षालाई व्यवसायसँगै सम्बन्ध स्थापित गर्दै जाने योजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्