Logo
  चैत्र ६, २०८० मंगलबार

द्रोणाचार्य, बिष्ट र रुपान्तरित कम्युनिष्ट जीवनशैली



पञ्चायती व्यवस्था भित्र पञ्चायत बिरुद्ध जनताको आवाज बोल्ने मध्ये थिए जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्य झापाका द्रोणाचार्य क्षेत्री, मकवानपुरका रुपचन्द्र बिष्ट र विरोध खतिवडा, चितवनका जागृतप्रसाद भेटवाल, काठमाडौँका पद्मरत्न तुलाधर, कास्कीका सोमनाथ प्यासी र इलामका नोवल किशोर राई । तिनले पञ्चायतको सातो लिइरहन्थे । जनपक्षीय रापंसले पञ्चापत हल्लाउँथे ।

पञ्चायत हल्लाउने मध्येका झापाका द्रोणाचार्य क्षेत्रीको असार ६ गते हिजो २६ औँ स्मृति दिवश झापामा एक समारोहका बीच सम्पन्न भएको छ । जनताका पक्षमा आगो ओकल्ने थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको आज असार ७ गते २० औँ स्मृति दिवश । यि दुई योद्धाको स्मृति दिवश एक दिन अघि र पछि छ । उनीहरुलाई चिन्ने जान्नेले नेपालको राजनीतिक र सामाजीक परिवर्तनका लागि खेलेको भुमिका सदा स्मरण गर्नेछन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यि दुई योद्धाको कम योगदान छैन । यिनीहरुले पवरवर्तनका लागि खेलेको भुमिका र योगदान, उनीहरुको सादगीपन, जीवनशैली पञ्चायत कालमा परिवर्तन पक्षधरका लागि अनुकरणीय थियो । जसले उनीहरुको जीवनशैली अपनाए आजै त्यो पंति पनि बिरानो बन्दै गएको छ ।

बिष्ट र क्षेत्रीलाई पुरानो पुस्ताले जान्दछन्, चिन्दछन् । नयाँ पुस्ताले नामसम्म सुनेको वा उनीहरुका बारेमा सुनेर केही भन्न र बुझ्न सक्ने भएका होलान् । तर बिष्ट र द्रोणाचार्यका बारेमा आजको नयाँ पुस्ता बेखर जस्तै बनेको छ ।

क्षेत्री र बिष्टको नाममा हरेक वर्ष स्मृति दिवश हुने गरेको छ । स्मृति दिवश वर्षमा एक दिन सभा वा कार्यक्रम गर्नु, कसैलाई पुरस्कृत र सम्मान गर्नु यस्तै यस्तै काम हुँदै आएको छ । यसमा दिवश आयोजकको गलत मनशाय वा दोस नहोला तर यसैले निरन्तरता पाउँदै आएको छ ।

बिष्ट र द्रोणाचार्यहरुले जीवनमा कहिल्यै मान सम्मानको अपेक्षा गरेनन्, उनीहरुका नाममा आज मान सम्मान बाँडिदैछ । बिष्ट र क्षेत्रीको विचारसँग यो कसरी संगतिपूर्ण हुन सक्छ ?
पञ्चायत कालमा पञ्च, काँग्रेस वा कम्युनिष्ट विचार राख्नेको जीवनशैलीबाट छुट्टिन्थ्यो । उनीहरुको लुवाई, खुवाई, नजतासँगको व्यवहारबाट प्रस्ट हुन्थ्यो, कि यो मानिस कुन धारको हो भनेर ?

तत्कालिन भुमिगत नेकपा मालेको समर्थनमा उम्मेद्वार भएकालाई जनपक्षीय उम्मेद्वार भनिन्थ्यो । निर्वाचित भएपनि पदका अघि जनपक्षीय उपमा जोडिन्थ्यो । जनपक्षीय वडा सदस्य, जनपक्षीय वडा अध्यक्ष, जनपक्षीय प्रधानपञ्च, जनपक्षीय उपप्रधानपञ्च, जनपक्षीय रापंसले सम्बोधित हुन्थे ।

सत्ता र सरकारमा बस्नेले राजा बिरोधी, व्यवस्था विरोधी, अराष्ट्रियतत्व जस्ता आरोप लगाए पनि जनताले जनपक्षीय भनेर सम्मान गर्दथे । जनपक्षीय निर्वाचित प्रतिनिधिको जीवनशैली र जनतालाई गर्ने व्यवहार अरुसँग मेला खाँदैन थियो ।

त्यस्तो जीवनशैली निर्वाचनका लागि नाटक मञ्चन जस्तो हुँदैन थियो, भावानात्मक रुपमै अपनाउने गर्दथे । माक्र्स, लेनिन, माओ वा अन्य आदर्श कम्युनिष्ट नेताको जीवन, दर्शन र विचारबाट नेता कार्यकर्ता प्रभावित हुन्थे । उनीहरु समाज परिवर्तनको महान लक्ष्य र उद्देश्यबाट प्रेरित हुन्थे ।

पञ्चायत कालमा जनपक्षीय जनप्रतिनिधिका जीवनशैली र व्यवहार नै जीउँदा आचारसंहिता थियो । गरीबका घरमा खाने, बस्ने, उनीहरुसँग हात मिलाउने, खुल्ला ढंगल छलफल र बहस गर्ने, गरीबका पनि कुरा सुन्ने, उनीहरुका पारिवारिक तथा व्यवक्तिगत समस्या साथ दिने, न्याय निसाफ गर्दा निस्पक्ष भएर गर्ने, कुनै रवाफ, ठाँट र अहंकार व्यक्त नगर्ने, नम्र र सादगी जीवन जनपक्षीय जनप्रतिनिधिको जीवनशैली थियो ।

द्रोणाचार्य क्षेत्री यसका उत्कृष्ठ नमूना थिए । उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुँदा गाउँ जान्थे, नागरिकसँग सम्वाद गर्थे, छलफछमा आउने जो कोहिसँग सहजै हात निमालाउँथे । कसैले नमस्कार गर्यो उने उनी हात मिलाउँथे । चिनेको होस वा नहोस्, केटा केटी हुन् वा खाली खुट्टा वा फाटेकै झुत्रे लुगा लगाएकासँग पनि दोर्णाचार्य सहजै हात मिलाउँथे ।

आजका नेता कमरेडहरु चिल्ला गाडीबाट ओर्लिएर गरीब, मजदुरसँग हात मिलाउलान् ? गरीबका घरमा जे पाक्छ त्यही खाएर, जस्तो बिस्तारा छ, त्यहीँ सुत्लान् ? हामी यो कल्पना पन गर्न सक्तैनौँ । कमरेहरुलाई स्टार होटल चाहिन्छ, नभए पनि डिलक्स भन्दा तलका होटलमा बास हुन छाडेको छ ।

कुनै कार्यक्रममा अतिथी कुनै नेता कमरेडलाई बोलाउँदा हुने मान, सम्मान वा उनीप्रतिको खर्च हिसाव कति कस्टपूर्ण छ ? अरुबेला महंगा भएका नेतासँग निर्वाचनका बेला भने कार्यकर्ताले बदला लिने गरेका छन् ।

निर्वाचनमा मासुभात भन्दा तल भान्सो नबस्ने, कार्यकर्ताले घरमा होइन, होटलमै खाना खनु पर्ने, गाडी, मोटरसाइकलमा पेट्रोल नभए डेग नचल्ने, पकेट खर्च नभइ सभा, मिटिङमा नजाने निर्वाचनका सामाान्य नियम हुन् ।

बिष्ट, तुलाधर, द्रोणाचार्यहरुकोे सादगी जीवनशैली देशभरका कम्युनिष्ट कार्यकर्तामा मात्र होइन, गैरकम्युनिष्ट पंक्तिमा पनि लोकप्रिय थियो । पञ्चायत भनेकै राजा महाराजाको साशन व्यवस्था थियो । गाउँमा पञ्चायत पक्षधर ठालू र छोटे राजा जस्तै थिए ।

निर्वाचित नेतालाई राजा जस्तै ठान्ने समाजमा गरीब र असाहयलाई मान्छे नठान्ने अति निम्न चेतना स्तर भएको बेला बिष्ट र द्रोणाचार्य जस्ता जनपक्षीय जनप्रतिनिधिको जीवनशैलीले राजनीति र समाजलाई मार्ग निर्देश गरेको थियो ।

जनपक्षीयको त्यही जीवन र व्यवहारले कम्युनिष्ट इमान्दार हुन्छन्, साँचो कुरा बोल्छन्, गरीब जनताको पक्षमा बोल्छन्, गरीब, मजदुर, किसानको वकालत गर्छन, छुवाछुत, भेदभाव, रुढिवाद र अन्धविश्वासको आलोचना र बिरोध गर्छन भन्ने स्थापित थियो । जसको व्याज आजकाले खाइरहेका छन् ।

क्रान्तिकारले धार्मिक अन्धविश्वासको बिरोध गर्छन । सबैखाले सोषण, दमन र उत्पीडनको बिरोध गर्दै न्याय र समानताको पक्षमा आवाज उठाउँछन् भन्ने परिचय स्थापित थियो । तर, आज रुढिवाद, धार्मिक अन्धविश्वासको बिरोध हुन्छ ? हुँदैन, हरेक चिज र विषयलाई आज भोट घट्छ कि बट्छ भनेर तुलना गरिन्छ । जुन कमरेडको घरमा धेरै भन्दा धेरै मानिसलाई बोलाएर पुराण लगाइन्छ त्यहि गतिलो कमरेड बन्दछन् ।
पञ्चायतकामा बिकास भएको माले धार मात्र होइन, जनयुद्ध हाँकेका धारको पनि हालत उस्तै छ । यदि दुईधार भिन्न भएका भए । सम्भवतः पार्टी एकता नै असम्भव हुन्थ्यो । तत्कालिन एमाले र तत्कालिन माओवादीका मुख्य नेतृत्व र कार्यकर्ताको ठूलो पंति बीच प्रवृति मिल्नु नै एकताको मूल आधार हो । देखिएका प्रवृति दुबै पंतिमा छन् । दुई पार्टीका बीचको एकता दुई खराबहरु बीचको एकता हो भन्दा फरक नपर्ला ।

होटल र रेष्टूरेण्टका मिटिङ, खानपान कमरेडका सामान्य जीवनशैली हुन् । पुँजीवादले सृजना गरेका मानवता र समाज बिरोधी मूल्यमान्यता कमरेडहरुका लागि सहजै स्वीकार्य भएका छन् । बुर्जुवा जीवनशैली नै माक्र्सवादी जीवनशैली बनेको छ ।

पार्टीका मिटिङ भन्दा गुटका भेला प्रिय हुन्छन् । पार्टी मिटिङ त प्रविधिक काम जस्तो मात्र हो । बाध्यताले मात्र पार्टी कमिटीका मिटिङ बस्ने गरेका छन् । मिटिङमा कुनै हार्दिकता हुँदैन, न त आलोचना नै हुन्छ, त्यहाँ त थप कटुताको बिकास हुन्छ । पार्टी बैठकमा असहिस्णुता र घृणा प्रकट गर्ने कमरेडहरु पुराण, स्वस्थानी, सत्यनाराणको पुजा लगाएका ठाउँमा भेट हुँदा भने हार्दिकता प्रकट गर्दछन् ।

गुट नमिले पार्टी मिटिङमा जाँदैनन् तर पु्राण र पुजा भने छाड्दैनन् । मिटिङमा अनुहार बिगार्ने कमरेडहरु पुराण र पुजा प्रफुल्लित हुन्छन् । उनीहरुको अनुहारमा कान्ति देख्न सुकिन्छ । पार्टी मिटिङमा कमरेडहरुबीच नदेखिएको हार्दिकता र आत्मियता पुराण र पुजा समारोहमा देख्न सकिन्छ ।

पुराण लगाउने, लोखौँ लाख खर्च गरेर छोरा छोरीको बिवाह, ब्रतमन्न, पासनी, जन्मदिन भव्य मनाउने मात्र असली कमरेड हुँदै गएका छन् । धर्म संस्कृतिको संरक्षणका नाममा यस्ता कार्यमा मादक पदार्थ खुल्ला नगरी धनाढ्यको परिचय बन्दैन ।
नेपालका कम्युनिष्ट कार्यकर्ताले माक्र्सवाद लेनिनवाद नबुझे हुन्छ । कतिपुष्ता अघिबाट उसको परिवार कम्युनिष्ट भएको थियो भन्ने प्रमाण भए पुग्छ । उसको ज्ञान होइन, पारिवारिक संलग्नता भए पुग्छ । वेद, पुराण र गिता नपढेपनि हिन्दु हुन सकिन्छ । हिन्दु परिवारमा जन्मिएकाले हिन्दु आचरण नपनाए पनि हुन्छ । त्यस्तै क्रिश्चियन, मुस्लिम लगायतका धार्मिक सम्प्रदायमा आचरण नभए पनि सम्प्रदायको सदस्य हुन्छ । कम्युनिष्ट हुन पनि नेपालमा माक्र्सवाद नपढे हुने भएको छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्तामा मानिस अन्तर्राष्ट्रिय जाति हुनेछ.., भन्ने गित गुगुनाउने होइन, कृष्ण काले नक्कले… भन्ने गित प्रिय भएको छ । माक्र्सवादी तालिम चलाउनु भन्दा गाउँमा पुराण लगाउँदा लोकप्रिय र निर्वाचनमा धेरै मत आउने भएको छ । जसले आफ्ना ठूलो पुराण लगायो निर्वाचन त्यसैले जित्ने आधार बन्दै गएको छ ।

नेकपाका नेता युवराज ज्ञावालीको भनाइमा ‘पहिला गिट्टी कुट्ने कम्युनिष्ट हुन्थे, अहिले गिट्टी र बालुवाका ठेगेदार कम्युनिष्ट छन् । हलो जोत्ने किसान कम्युनिष्ट हुनु पर्थियो, तर यहाँ गग्गा दलालहरु कम्युनिष्ट बनेका छन् । सिंहदरवारदेखि बालुवाटारसम्म उनीहरुकै रजगजचलेको छ ।’

नेकपा भन्नुहोस् वा अन्य कम्युनिष्ट पार्टी, तिनका नेता कार्यकर्ता नेता ज्ञावालीको यि यथार्थ चित्रण र संलेषण भन्दा बाहिर छैनन् । मजदुर, किसान, गरीबका लागि कम्युनिष्ट पार्टी र तिनका कार्यकर्ता भएनन् । दलाल गर्ने, छिट्टै धनी हुने, सहरमा कार चढ्ने, गाउँमा मोटरसाइकलमा नहिँड्ने कमरेड हुन सक्तैन । पार्टी कमिटीमा बस्ने योग्यतामा अब सवारी साधन पनि पर्न थाल्यो ।

मूलतः तराई र पहाडी शहरमा पार्टी कमिटीमा बस्नु पर्यो भने सवारी साधन नभएकालाई कमरेड तपाईसँग साधन छैन, तपाईलाई गाह्रो हुन्छ फलाना कमरेडलाई छाडिदिनु भन्ने सुझाव हुन्छ । चप्पल नलगाउने छँदै छेनन् होला, चप्पल लगाउने मात्र हैसियत भएका नेकपाका कमिटीमा किति होलान ?

निर्वाचनमा चप्पल लगाउने टिकट पाउनु दखःद कुरा हुन्छ । किनकी उसले निर्वाचन हार्ने सम्भावना हुन्छ । वडा सदस्य उठ्न पनि पार्टीलाई पैसा बोलकबोल गर्नु पर्ने हुन्छ । घर जग्गा बेचेर भएपनि पार्टीका नाममा माथिल्ला नेतालाई नजराना नदिइ टिकट पाइने अवस्था छैन । निर्वाचनमा ठूलै उठ्थी पुठ्थीको खेलो हुने गर्दछ ।

जब निर्वाचन जितेर संघीय, प्रदेश र स्थानीय सरकारमा पुग्छन् । तिनले बिकास निर्माणका लागि कुनै बजेटमा निश्चित प्रतिशत कमिशन मागेकै छन् । कमिशन नबुझाइ नहुने, पार्टी कमिटीमा कमिशनको खुल्ला छलफल हुने । खुल्लम खुल्ला कमिशनको दलाली हुन्छ, अनि पशुपति शर्माको गितमा प्रतिवन्ध लगाइन्छ ।

यस्तो अवस्थामा के नेपालको कम्युनिष्ट आन्दोलन ट्रयाकमा आउला ? नेकपाका नेता कार्यकर्ता वैचारिक र साँस्कृति रुपले रुपान्तरित होलान् ? पञ्चायत कालको जीवनशैली नभए पनि वैज्ञानिक विश्वदृष्टिकोण राख्ने नेता कार्यर्ताले नेतृत्व पाउलान् ? जस्ता प्रश्नको उत्तर आउला ? उत्तर नआए दुर्घटना भन्दा अर्को बाटो के होला ?

प्रतिक्रिया दिनुहोस्