Logo

काँग्रेसले संसदमा असंसदीय चरित्र पेश गर्यो: प्रधानमन्त्री ओली



काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय परम्पराको सम्मान गर्ने नेपाली काँग्रेसले संसदमा आज असंसदीय चरित्र पेश गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदहरुले बेल घेराउ गरेपछि सम्बोधन गर्न नपाएपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले अपरान्ह विशेष पत्रकार सम्मेलन गर्दै काँग्रेसलाई लोकतान्त्रिक दल नभएको आरोप लाउएका हुन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषयमा जानकारी गराउने, सरकारले गरेको निर्णय बारे संसदलाई जानकारी गराउने अधिकार प्रधानमन्त्रीलाई हुने भन्दै लामो समय लोकतन्त्रका लागि लडेका शेरबहादुर देउवाको नेतृत्वमा नै बेल घेराउ गर्नु दुःखद पक्ष भएको बताए ।

प्रधानमन्त्री ओलीले संसदमा पहिला प्रधानमन्त्रीले त्यसपपछि विपक्षी दलका नेताले बोल्ने चलन विश्वव्यापी भएको चर्चा गर्दै भने, ‘काँग्रेसले लोकतन्त्रको आवरण भित्र केही समयदेखि संकीर्णवादी चरित्र देखाउदै आएको छ । ’

सरकार प्रेस स्वतन्त्रता, मौलिक अधिकार जस्ता कुरा कटिबद्ध भएको भन्दै शान्ति स्थापना, स्थिरता, स्थायित्व, तथा समृद्धिको काममा लागेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्