Logo

विकिनिमा तस्वीर खिच्ने डाक्टरको लाइसेन्स रद्द !



म्यानमार(एजेन्सी) । म्यानमारकी महिला डाक्टरले सामाजिक सञ्जालमा विकिनिसहितको तस्वीर सर्वजनिक गरेपछि उनजको लाइसेन्स नै रद्द गरिएको छ ।

म्यान्मारकी डाक्टर नांग मी सानले फेसबुकमा धेरै तस्विरहरु पोष्ट गरिन् । जसमा उनले बिकिनी लगाएका तस्विरहरु समेत थिए ।

ती तस्वीरहरु पोष्ट गरेपछि म्यानमारको मेडिकल काउन्सिलले २९ बर्षिया डाक्टर नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै उनको लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ ।

तर डाक्टर सानले भने लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत स्वतन्त्रतामा हनन पुगेको जनाएकी छिन् ।
उनले मेडिकल प्राक्टिसका बेला आफूले कहिले पनि छोटो कपडा नलगाएको र डाक्टर बन्न आफूले लामो संघर्ष गर्नुपरेको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्