Logo

‘प्रेम गीत ३’ मा राजेश हमालको ठाउँमा शिव श्रेष्ठ



काठमाडौँ, ३ असार । समय तालिका नमिलेको भन्दै महानायक राजेश हमालले हात झिकेपछि ‘प्रेम गीत ३’ मा नयाँ पिता थपिने भएका छन् । निर्माता सन्तोष सेनका अनुसार महानायकको भूमिकामा अब एक्सन अभिनेता शिव श्रेष्ठ रिप्लेस हुनेछन् ।

‘शिव दाइसँग हामी आजै एग्रिमेन्ट गर्छौं होला’, ‘प्रेम गीत ३’ का कालाकारसमेत रहेका निर्माता सेनले भने, ‘एक चरणको छलफल भैसकेको छ । अब आज एग्रिमेन्ट हुन्छ होला ।’ फिल्मको छायाँकन हुने बेलामा महानायक राजेश हमालको कार्यक्रम पर्न आएपछि उनी फिल्ममा हुन नसकेको निर्माता सेनको भनाई छ । उनका अनुसार शिव श्रेष्ठसँगै कलाकार सुनिल थापा पनि ‘प्रेम गीत ३’ मा सम्भवतः मंगलबार नै अनुबन्धित हुँदैछन् ।

अब ‘प्रेम गीत ३’ मा नायक प्रदीप खड्का र नव नायक मनिष राउतको पिताको भूमिकामा शिव श्रेष्ठ प्रस्तुत हुनेछन् । अडिसन लिएका २५ जना युवतीबाट गीतको भूमिकामा छिट्टै छनोट हुने सन्तोष सेन बताउँछन् ।

छेतेन गुरुङ्ग र सन्तोष सेनको संयुत्त निर्देशनमा बन्न लागेको ‘प्रेम गीत ३’ आउँदो सालको नेपाली नयाँ वर्षलाई प्रदर्शन मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्