Logo

लोकसेवा आयोगको फारम भर्ने म्याद थपियो



काठमाडौं, ३ असार । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप गरेको छ ।

यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ ।

यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ । अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने समय थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्