Logo

बैठक अवरुद्ध हुनु जनताको अभिमतको दुरुपयोगः अध्यक्ष भट्टराई



काठमाडौं, ३ असार । पूर्वप्रधानमन्त्री एवम् समाजवादी नेपाल पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भत्र्सना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका हुन् । उनले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्जिम्मेवार भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘गैहजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु जनताको अभिमतको दुरुपयोग हो । र मचाहीँ यसको तिब्र भत्र्सना गर्दछु ।’

त्यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताए । उनले विपक्षी दलले समय मागेपछि उपलब्ध गराईनुपर्ने बताए । प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उनले गरे । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने भन्दै उनले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्