Logo
  चैत्र १५, २०८० बिहीबार

ओझेलमा विराट पोखरी(फोटो फिचर)



झापा, २ असार । बिर्तामोड नगरपापिलका मुख्य भागमा रहेको भहाभारतकालिन इतिहास जोडिएको बिराट पोखरीको बिकास र संरक्षण हुन नसक्दा ओझेलमा परेको छ । अतिक्रमणको चपेटामा परेको बिराट पोखरीको स्थानीय संघ संस्थाबाट संरक्षण हुँदै आएको छ । पर्यटकीय सम्भावना भएको बिराट पोखरी बिर्तामोडको मुक्ति चोकबाट तीन किमी भत्र पर्दछ । सुगम भएपनि पर्याप्त भौतिक बिकास नहुँदा ऐतिहासिक स्थल ओझलमा परेको हो । बिराट पोखरी बत्ति मुनि अध्यारो भने जस्तै भएको स्थानीयको भनाइ छ ।

बिर्तामोड नगरपालिकाले ऐतिहासिक पोखरीको बिकासका लागि गरुयोजना बनाउने तयारी गरेको छ । बिराटपोखरीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न नगरपालिकाले गुरुयोजना बनाउने तयारी गरेको हो । नगरपालिका महाभारतकालिन इतिहास जोडिएको बिराट पोखरीको बिकासका लागि गुरुयोजना बनाउने तयारीमा रहेको बिर्तामोड नगरपासलकाका योजना अधिकृत जय तिम्सिनाले बताए । उनले भने, आगामी आर्थिक वर्षबाट बिराट पोखरीको बिकासका लागि कार्य गुरुयोजना तयारी हुन्छ ।

महाभारतमा विराट राजाले आफ्ना गाईलाई पानी खुवाउन खनिएका पाँचवटा पोखरी विराट पोखरीका नामले परिचित छन् । ती सबै पोखरी बिर्तामोड नगरपािलका भित्र पर्दछन् । बिर्तामोडको सैनिकमोड दक्षिणमा रहेको मुख्य पोखरीको तीन किलोमिटर भित्र अन्य पोखरी पर्दछन् । पोखरीको संरक्षण र पूर्वाधार बिकास गर्न सके पर्यटकीय क्षेत्रको रुपमा बिकास हुने पोखरी संरक्षणका सक्रिय बिराट आमुदायिक अध्ययन केन्दका अध्यष मोहन सिवाकोटीले बताए । उनले भने, नगरपालिकाले संरक्षक संस्थाको साझेदारीमा पोखरी संरक्षण र बिकासको गुरु योजना बनाउनु पर्दछ ।

महाभारतकालिन इतिहासमा बिराट राजाको दरवार बिराटनगर क्षेत्रमा भएको मानिन्छ । बिराटकालमा भद्रपुरको पृथ्वीनगर बिराट राजाको दरवार र शैनिक पोष्ट फेला परिसकेको छ भने अर्जुनधारा लगायतका ऐतिहासिक स्थालमा बिराट राजाको शासन भएको पाइन्छ । बिराट राजाकै शासनकालमा पाँच पाण्डपले गुप्तवास बसेको किम्वदन्ती पाईन्छ ।

इतिहास र पुरातत्व महत्व बोकेको बिराट पोखरीको संरक्षणमा प्रदेश र स्थानीय सरकारले चासोदिनु पर्ने हुन्छ । पोखरीको संरक्षण हुन सके जैविक महत्व पनि रहने देखिन्छ । पोखरीमा सिजन अनुसारका बिभिन्न जातका चराचुरुङ्गी आउने गरेका छन् । तर मानिस बढ्दो अतिक्रमण र बोटबिरुवाको कमीले चराचुरुङ्गी लामोसमय वास बस्न सकेका छैनन् ।

पोखरी संरक्षणका २०५९ सालबाट सुरु गरिएको हो । विराट पोखरको संरक्षणका लागि विराट अध्ययन सामुदायिक केन्द्र र विराट सरोवर संरक्षसण समिति सक्रिय छन् । पर्याप्त बजेट नहुँदा पोखरीको संरक्षण भन्दा धेरै काम गर्न सकेका छैनन् ।

अन्य चारवटा पोखरी सुकुम्बासीका नाममा अतिक्रमित भएको छ । नगरपालिकाले सुकुम्वासीका नाममा भएको अतिक्रमण रोक्नु पर्ने अध्यक्ष सिवाकोटीले बताए । पोखरीको बिकास र संरक्षण हुन सके बिर्तामोडवासी मात्र होइन, आन्तरिक र वाह्य पर्यटक पनि आकर्षित हुनेछन् ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्