Logo

त्रिशुल र चक्कु देखाउँदै, बोक्सी बकाउँदै….



झापा, २९ जेठ । मेचिनगर नगरपालिका वडा नम्बर ९ धुलाबारी कि सिवाकोटी थर बताउने कथित माताले बिरामीलाई उपचारका नाममा बोक्सिको आरेप लगाउने गरेकी छन् । आफुलाई स्वघोषित माता बताउने माताले बिरामीलाई बकाउने गरेकी छन् ।

चक्कु, त्रिशुल, चम्मरले उफ्रिँदै बिरामीले बोक्सी को हो भन भन्दै भुत्ल्याउने, कराउने, पिटने गर्दछिन् । लगातार उनको तरिका पछि बिरामीले छरछिमेकका असाहय, गरिव र बृद्ध महिलालाई फलानो बोक्सी भन्दै बक्ने गरेका छन् । बिगत केही वर्षदेखि माताले उपचार गरेका बिरामी मार्फत बोक्सी आरोपित गर्न लगाउने गरेकी छन् ।

माताको यस्तो चर्तिकला अहिले बिवादमा परेको छ । उनले यस्ता कार्यको बिरोधमा आउनेलाई उनका अन्धभक्तले आक्रमण र दूरव्यवहार गर्ने गरेका छन् । माता बोक्सीको आरोप लगाएको विषयमा मंगलवार र बुधवार रिपोंटिङ गएका पत्रकारलाई माता र उनका आसेपासेले दूरव्यवहार गरेका छन् । पत्रकारलाई क्यामरा, मोवायल केही चलाउन नदिइ माता पत्रकारमाथी जाइलागेकी थिइन् । माताले सञ्चारकर्मीलाई मन्दिर भित्रै आज अघोषित बन्दी बनाएकी थिइन् । पत्रकारसँगको बिवाद पछि मात्र उनले तस्वीर खिच्न दिएकी थिइन् ।

प्रहरीले कारवाही गरेन
मेचीनगर ९ की ८१ वर्षिया गंगादेवी बस्नेत र उनकी छोरी शान्ती पौडेललाई कुमारी चौम्लगाई र शिव चम्लागाईले बोक्सीको आरोप लगाएका हुन् । बिरामी भएर माताकोमा गए पछि माताले बकाउँने क्रममा कुमारी चौम्लगाईले ८१ वर्षिया बस्नेत भएर बकेपछि उनीहरुलाई बोक्सीको आरोप लगाइएको हो ।

बस्नेतले वडा कार्यालय र इलाका प्रहरी कार्यालय धुलावारीमा कारवाहीका लागि निवेदन दिइसकेकी छिन् । निवेदन मंगलबार नै दर्ता भएपनि कारवाही नभएको पीडितको गुनासो छ ।

आठ वर्ष अगाडीदेखि नै बोक्सीको आरोप
बोक्सीको आरोप खेपिरहेकी गंगादेवी बस्नेलाई ८ वर्ष अगाडी देखिनै बारम्बार चम्लागाई परिवारले बोक्सीको आरोप लगाउँदै आएका थिए । छिमेकी चम्लागाई परिवारले लामो समयदेखि चौतर्फी रुपमा बोक्सी भन्न थालेपछि आफूलाई गाँउमा बस्न निक्कै अप्ठ्यारो भएको बस्नेतले बताइन् । मलाई गरदिने मान्छे कोही नभएका कारण म आजसम्म चुपलागेर बसे । आज यो उमेरमा यस्तो सुन्दा खप्न नसकेर वडा कार्यलय गएको उनले बताइन् । ८ वर्ष अगाडी जग्गामा विवाद भएपछि बोक्सीको आरोप लगाइएको उनको भनाई छ ।

बोक्सीको आरोप लगाइएपछि बिहे भत्किने डर
‘भोलिका दिनमा छोराछोरीको बिहेदान गर्नुपर्छ । बोक्सीको छोरी नातिनी पो रछे भनेर बिहे नहुने पो हो की भन्ने डरले सताएको शान्ती पौडेल बताउँछिन् । उनले भनिन्, ‘परिवारमा सात पुस्तालाई लाग्ने दाग लागेको छ । पटक पटक बोक्सीको आरोप लगाइएको छ । दोषिलाई कारबाही हुनुपर्छ । भोलि यस्तो घटना कतै नदोहोरियोस् ।’

बेक्सी मुद्दामा वडाध्यक्षको मेलमिलाप
मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्काले बोक्सीको आरोप लगाउने पक्षलाई कारबाही गर्नु पर्नेमा मेलमिलाप गराएका छन् । उनले दुई पक्षलाई राखेर मेलमिलाप गराएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्