Logo

नेपालमा करिब ७० लाख मानिस बाथरोगका कारण प्रभावित



काठमाडौं, २९ जेठ । बाथरोगका कारण धेरै नेपाली पीडित बन्दै आएका छन् ।

बाथरोगका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिसले समयमा उपचारसमेत पाउन नसकेका छैनन् । नेपालमा ७० लाख मानिसलाई कुनै न कुनै किसिमको बाथरोग रहेको अनुमान छ ।

जब मानिसको शरीरमा रोगसँग लड्नसक्ने प्रतिरक्षा प्रणाली आफ्नै शरीरमाथि नै जाइलाग्न थाल्छ, तब व्यक्तिलाई बाथको समस्या देखिन थाल्छ ।

१५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी देखिने बाथरोगले शरीरको कुनैपनि अंगलाई असर पार्ने गर्छ । तर, प्रतिरक्षा प्रणाली के कारणले आफ्नै शरीरमाथि जाइलाग्छ भन्नेबारे चिकित्सकहरु नै अनविज्ञ छन् ।

जोर्नीलाई बढी असर पुर्‍याउने बाथरोग १०० प्रकारका हुने चिकित्सकहरु बताउँछन् । फरक–फरक प्रकारका बाथले फरक–फरक अंगलाई असर पुर्‍याउने बाथरोग विशेषज्ञ डा. विनित वैद्य बताउँछन् ।

बाथरोग लागेको समयमा नै पहिचान भइ उपचारको दायरामा आउन सकियो भने धेरै रोकथाम भने गर्न सकिन्छ ।

बाथरोगका कारण नेपालमा करिब ७० लाख मानिस प्रभावित भएपनि रोग प्रतिरोधात्मक क्षमताको असरका कारण ३० लाख मानिसमा बाथरोग रहेको अनुमान छ ।

यस्तै, युरिक एसिडले जोर्नीमा गएर असर गर्‍यो भने पनि बाथरोग हुन्छ । तर, युरिक एसिड हुनु भनेकोचाहिँ बाथरोग नभएको डा। वैद्यले बताए ।

चिकित्सकको सम्पर्कमा आउने र नियमित औषधि सेवन गर्ने हो भने बाथरोगबाट हुने जटिल समस्याबाट बच्न सकिन्छ ।

९९ प्रतिशत बाथरोगका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

तर, बाथरोग भइसकेपछि पूर्णरुपमा निको भने निको हुँदैन । चिकित्सकको सल्लाहमा नियमित जीवनभर औषधि भने सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्