Logo

बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल



एजेन्सी, २९ जेठ । भारतको विहार सरकारले वृद्ध आमाबुवाको सेवा र हेरचाह नगर्ने सन्तानलाई जेल सजाय हुने घोषणा गरेको छ ।

बिहारमा सत्ता सञ्चालन गरिरहेको नीतीश कुमारको सरकारले वृद्धबृद्धाको सामाजिक सुरक्षाका लागि महत्वपूर्ण फैसला गरेको हो ।

नयाँ घोषणासँगै सरकारले अब कानून ल्याउने भएको जसमा बृद्ध आमाबुवाको सेवा गर्नु सन्तानका लागि अनिवार्य गरिएने व्यवस्था राखिएको छ । आमाबुवाको हेरचाह नगर्ने सन्तालाई जेल पठाउने व्यवस्था पनि कानूनमा राखिएको छ ।

मंगलबार बसेको बिहार राज्यको मन्त्रिपरिषद् बैठकले यससँग जोडिएको कानूनलाई स्वीकृत गरेको छ । अब यो कानून लागू भएपछि आमाबुवाले आफ्ना सन्तानका बारेमा उजुरी गरे उसलाई कारवाही हुने भएको छ ।

विहारका मुख्यमन्त्री नीतीश कुमार ले भने,‘आजको परिवर्तित सामाजिक परिवेशमा आफ्ना सन्तानको हेरचाह गर्ने आमाबुवालाई सामाजिकदेखि कानूनी संरक्षण दिनु सरकारको पनि कर्तव्य हो ।’

यसअघि नीतीश सरकारले मदिरा विक्री वितरणमा रोक लगाएको थियो । विहारमा नीतीश सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्