Logo

गुठीसम्बन्धी विधेयक फिर्ता गर्न सांसद सिंहको आग्रह



काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक फिर्ता गर्नुपर्ने बताएका छन्।

संघीय संसदको बुधबार बसेको बैठकमा बोल्दै कांग्रेस नेतासमेत रहेका सिंहले सदियौँदेखिका गुठी हडप्‍ने नियतका साथ सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको आरोप लगाए।

‘वर्षौंदेखिको निजी गुठीलाई जफत गर्नका लागि यो विधेयक ल्याइएको छ’, उनले भने, ‘सरोकारवालासँग परामर्श गरेर ल्याउने प्रचलन सरकारले मानेन। गुठियारले पुस्तौदेखि सञ्चालन गर्दै आएको गुठीलाई सरकारी प्राधिकरणमार्फत् नियन्त्रण गर्न खोजेको छ। संविधानले दिएको निजी सम्पत्ति राख्‍ने अधिकार दिएको छ। यो विधेयकले यसलाई मिचेको छ।’

प्रतिक्रिया दिनुहोस्