Logo

प्रितम आचार्यलाई ‘बाल सद्भावना दुत’ घोषणा



इटहरी, २८ जेठ । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दुत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गरे ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिए ।

उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको वताए । प्रमुख प्रशासकीय अघिकृत केशब विमलीले प्रितमको प्रगतिको कामना गरे । बालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र मायाप्रति धन्यवाद दिए ।

भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन् । प्रितमले बालसद्भावना दुत घोषणा कार्यक्रममा ‘देशले रगत मागे मलाई बली चढाउ’ बोलको चर्चित गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्