Logo

आँधी र चट्याङका कारण ११ जनाको मृत्यु



पटना, २८ जेठ । पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङका कारण् कम्तीमा ८ जनाको मृत्यु भएको छ । आँधी र चट्याङ लागेर अन्य ११ जना घाइते भएका छन् ।

सोमबार साँझ एक साथ आँधी र चट्याङ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा ३, सिओहार १, सितामार्हिमा १ र पूर्वी र पश्चिम चम्पारनमा १–१ जनाको मृत्यु भएको जनाइएको छ । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका हुन् ।

भीषण रुपमा आएको आँधीको कारण कैयो रुख र बिजुलीका पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा मंगलबारसम्म पनि पूर्ण रुपमा विद्युत आपूर्ति हुन नसकेको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्