Logo

स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सकिएन: यादव



काठमाडौँ, २३ जेठ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बलियो कानुन हुँदाहुँदै पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन नसकिएको बताएका छन् ।

बिहीबार राजधानीमा दिगो विकास लक्ष्य पूरा गर्न उच्चस्तरीय स्वास्थ्य सेवा कस्तो हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय रिपोर्ट सार्वजनिक गर्दै मन्त्री यादवले ‘सरकार स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध छ’–भने ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्नुपर्ने भन्दै कुन सेवालाई कुन ठाउँमा राख्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

प्रतिवेदनमा नेपालको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री थापाले सदस्यकारुपमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्