Logo

वैदेशिक रोजगारको कथाः श्रीमान-श्रीमती, यता न उता !



नेपाली समाज गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन । नेपाली युवा त्यहि गरिबी र बेरोजगारीबाट मुक्त हुन वैदेशिक रोजगारीमा जाने गरेका छन् । उनीहरुको लाम हेर्दा ठूलठूला सभामा भेला भएका जनसमूह जस्तै देखिन्छ ।

दिनहुँ विदेशिनेको संख्या वृद्धि हुने गरेको सरकारी तथ्याङ्क छ । विदेशिनु रहर र बाध्यता भए पनि यसले नेपाली समाजलाई नराम्ररी खल्बल्याएको छ । वैदेशिक रोजगारीले गर्दा पारिवारीक समस्या उत्पन्न भएका छन् । जसले सामाजिक सन्तुलन बिगारेको जानकारहरु बताउँछन् ।

वैदेशिक रोजगारीका लागि युवाले घर छाड्दा सामाजिक सन्तुलन बिग्रिएर समबन्ध बिच्छेदका मुद्दाहरु बढेका छन् । विदेश जाने कतिपय श्रीमान घर फर्कंदा आफूले पठाएको सम्पतिसँगै श्रीमती र छोराछोरी भेटाउँदैनन् । त्यसो त वैदेशिकरोजगारमा गएका श्रीमतीहरु घर फर्कँदा श्रीमानले अर्कैसँग सम्बन्ध स्थापित थर्दा सम्बन्ध विच्छेदका मुद्दामा वृद्धि भएको हो ।

वेरोजगारी र अभावको जिन्दगिबाट मछुटकारा पाउन घरबार घितो राखेर लाखौँ नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । तिनले आफ्नो वयस्क जीवन श्रम शिविरमा खर्चेर जीवनको उत्तरार्धमा मिठो मसिनो खाने, राम्रो लाउने, सुखसगैँ पारिवारिक जीवन जीउने सोचमा हुन्छन् । तर, उनीहरुको आशा घर फर्केपछि निराशामा बदलिने गरेको पाइन्छ ।

श्रीमान र छोराछोरीलाई छोडेर विदेशिएका कुनै युवती घर फर्किंदा छोराछोरी फुटपाथमा हुन्छन् त, आफूले कमाएर पठाएको पैसा लिएर श्रीमान अर्कैसँग घरजममा भेटिन्छन् । यस्ता घटना श्रीमती छोडेर विदेशिएका श्रीमानहरु नेपाल फर्किंदा श्रीमतीलाई नयाँ घरजम गरेको भेटेका थुप्रै उदाहरण हाम्रो समाजमा भेटिन्छन् ।

वैदेशिक रोजगारीमा युवाको बढ्दो आकर्षणसँगै सम्बन्ध विच्छेदका मुद्दाको संख्यामा वुद्धि भएको हो । वैदेशिक रोजगारीमा गएका अधिकांश युवा वैवाहिक जीवनमा बाँधिएर विदेश जाने गरेका छन् । लामो समयसम्म श्रीमान श्रीमती बीच प्रेम सम्बन्ध स्थापित नुहँदा पारिवारीक दरार उत्पन्न हुने गरेको छ ।

वैदेशिक रोजगारले उत्पन्न गर्ने यस्ता पारिवारीक सबै घटना बाहिर नआउने समाजशास्त्रका प्राध्यापक केशव ढुङ्गाना बताउँछन् । उनले पारिवारीक वेमेल परिवार भित्रै मिलाउने प्रयास हुने गरेको, मिल्न नसक्ने घटना मात्र बाहिर आउने बताए ।

वैदेशिक रोजगार र पारिवारिक विचलनः गरिबी, बेरोजगार अनि राजनीति उताडचडाबका कारण तीस लाखभन्दा बढी नेपाली युवा रोजगारका लागि विदेशमा छन् । सुखी परिवार र सुन्दर भविष्यको सपना कल्पदै उड्ने धेरै युवाको सपना पुरा हुँदैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उँडेसँगै सपनाले अवतरण गर्न पाउँदैन । जसको कथाव्यथा दर्दनाक छ । त्यसमा पनि तीनै पुरुष पिडित हुन्छन् । परिवारबाट धेरै टाढा, बिरानो मुलुक, ५० डिग्रीको घाममा लगातारको परिश्रम, श्रमको अवमूल्यन । यस्ता पिडाको बावजुद पनि नेपाली युवाहरु विदेश जान बाध्य छन् ।

वैदेशिक रोजगारबाट पाठाएको रेमिट्यान्सबाट मुलुक चलेको छ । तर, मुलुकले उनीहरुको समस्या बुझ्दैन । मुलुकले त बुझेन परिवारका सदस्यले समेत उनीहरुको योगदान र समस्या नबुझ्दाको पिडा निकै कहाली लाग्दो छ । वैदेशिक रोजगारले नेपालीको जिवनस्तर उकासिएको छ ।

एउटा पुरुष विदेश जान्छ, दिनरात नभनी काम गर्छ, कमाएको पैसा श्रीमतीको नाममा पठउँछ, साहुको ऋण तिर्ने, सहरमा घर किन्ने, छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने, केहि वर्ष विदेश बसेर बाँकी समय परिवारका साथ हाँसीखुसी रमाउने, यस्तै त हुन्छ नि उड्दै गर्दा उसको मस्तिष्कमा कल्पना गरिएको बाँकी जिन्दगी ।

तर, सबैको जिन्दगी कल्पना गरे जस्तो हुँदैन, उसले वर्षौ रगत पसिना बगाएर कमाएको सम्पतीसँगै उसकी श्रीमतीनै गायव हुन्छे, त्यो पनि स्वदेश फर्केपछि मात्रै उसलाई थाहा हुन्छ । ती पुरुषले भोग्ने पिडा के अहिले बजारमा भन्ने गरिएको महिला हिंसा भन्दा कम छ ?
यस्ता घटनामा पनि महिलाकै जित हुन्छ । महिला अधिकारकर्मीलाई प्रश्न, ‘अधिकारका चर्काचर्का नारा लगाउँदै गर्दा यस्ता विषयमा महिलालाई संवेदनशील बनाउने जिम्मेवारी कसको हो ?’

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले मुलुकलाई ठूलो आर्थिक टेवा पुगिरहेको सन्दर्भमा यिनै युवाको निजी जीवनको यस्तो कहालिलाग्दो पाटोका बारेमा धेरै मानिस बेखबर छन् ।

सरकारले नेपाली युवा युवतीलाई स्वदेशमा रोजगारको अवसर नदिएसम्म विदेशिने क्रम रोकिने छैन । समाजमा विदेश गएर मात्र केही गर्न सकिन्छ, नेपालमा केही हुँदैन भन्ने मानसिकताले पनि वैदेशिक रोजगारमा जान प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्