Logo
  बैशाख ८, २०८१ शनिबार

भरतीय निर्वाचनः कम्युनिष्टका लागि अस्तित्वको लडाईँ



भारतमा कम्युनिष्ट पार्टी र माक्र्सवादी विचारको गहिरो प्रभाव देखिन्छ । भारतको स्वतन्त्रता संग्राममा सक्रिय सहभागि भएको कम्युनिष्ट पार्टीले केन्द्रीय राजनीतिमा लोमो समयदेखि बलियो उपस्थिति देखाएका थिए । पश्चिम बंगालमा ३४ वर्ष भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले सत्ता संचालन गर्यो । त्यस्तै भारतीय कम्युनिष्ट पार्टीले केरलामा पनि सरकार संचालन गरिरहेको छ । लोमो समय पछि केरलामा पाँच वर्ष यता सरकार संचालन गरिरहेको हो ।

सन् १९१७ मा सम्पन्न बोल्सेभिक क्रान्तिको लगत्तै भारतीय कम्युनिष्ट पार्टी स्थापना भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी भन्दा जेठो हो भाकपाको स्थापना । तर, भारतको बस्तुगत अवस्थाको विश्लेषण गर्न नसक्दा र संसदीय पार्टी भन्दा भिन्न चरित्रको नहुँदा बिस्तारै मजदुर किासनबाट भारतीय कम्युनिष्टहरु अलग हुँदै गए ।

उत्तरपूर्वी राज्य त्रिपुरामा वर्षौ सरकार चलाएको बाम पार्टी गएको विधान सभा निर्वाचनमा नराम्ररी परिजित भयो । अहिले त्यहाँ भाजपाको सरकार रहेको छ । बंगालमा ८ वर्ष देखि त्रिणमूल कँग्रेसले सरकार संचालन गर्दै आएको छ । बंगालमा ममता वेनर्जीले सरकारको नेर्तत्व गर्दै आएकी छन् ।

सन् २०१४ को निर्वाचन यता कम्युनिष्ट पार्टी निरन्तर ओरालो लागेको छ । सन् २००४ मा बाम दलले लोकसभामा ५९ सीट प्राप्त गरेका थिए । काँग्रेस आई ठूलो पार्टी भए पनि बहुमत प्राप्त थिएन । तर, बाम गठबन्धनकै सहयोगमा काँग्रेस आईका मनमोहन सिंह प्रधानमन्त्री भएका थिए । त्यस यता भने बाम गठबन्धन निरन्तर ओरालो लाग्दै आएको छ । सन् २००९ मा लोकसभामा बाम पार्टीले २४ सीट मात्र ल्याए भने सन् २०१४ को निर्वाचनमा १२ सीट मात्र जितेका थिए ।
भारतमा भइरहेको निर्वाचनमा बाम पार्टी अस्तित्व जोगाउने संकटमा छन् । बंगालको ४२ सीटमा ४० सीट र केरलाको २० सीटमा बाम मोर्चाको उम्मेद्वार छन् । बिहार, तामिलनाडु लगायतका प्रान्तका केही सीटमा बाम पार्टीले छिटफूट उम्ेद्वार दिएका छन् ।

आशाको दियो कन्हैया


बंगालमा त्रिणमूल कँग्रेसले कम्युनिष्ट पार्टीलाइ निकै पछाडी पार्दै लगेको छ । भाजपाले बाम दलको ठाउँ ओगड्दै गएको छ । यस पटकको निर्वाचनमा बाम दल खासै बलियो हुने अवस्था देखिएको छैन । तर, भाकपाको तर्फबाट बिहारको बेगुसराय क्षेत्रका उम्मेद्वार कन्हैया कुमारले भने आशाको दियो जलाउने काम गरेका छन् । उनले निर्वाचनमा विजय हाँसिल गर्ने आंकलन गएिको छ । भाकपा मात्र होइन, कन्हैयाप्रति सिंगो भारतका बाम पार्टी उत्साहित र आशावादी बनेका छन् ।

जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया प्रधानमन्त्री मोदीको कटु आलोचक हुन् । उनले उठाउने प्रश्न, तर्क र विचारले धेरैको ध्यानाकर्षण गरेको छ । उनको विचारमा सहमत असहमत जे भए पनि उनको भाषण जो कोही सुन्न बाध्य छन् । युवा देखि वृद्धसम्म कन्हैयाको विचार सुन्न लालायित छन् । कतिपयले कन्हैयालाई भविश्यमा भारतको प्रधानमन्त्रीको रुपमा पनि हेर्ने गरेका छन् । कन्हैयाको उम्मेद्वारीले भारतीय निर्वाचनको हट केक बनेको छ वेगुसराय निर्वाचन । कन्हैया निर्वाचन हारे पनि जिते पनि उदाउँदो र आश लाग्दा सशक्त युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्