Logo

खाना बनाउने ग्यासको अभाव छैनः आयल निगम



काठमाडौं, २० फागुन । खाना बनाउने ग्यासको अभाव भएको भन्ने हल्लाको पछि नलाग्न नेपाल आयल निगमले सबैलाई अग्रह गरेको छ ।

निगमको अनुसार माग अनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न निगमले उपभोक्तालाई आग्रह गरेको हो । ग्यासको कमिसन बढाउनुपर्ने भन्ने माग राख्दै विभिन्न ग्यास विक्रेताले विरोधको कार्यक्रम अगाडी सारेपछि उपभोक्तामा ग्यासको स्टक सटेज भएको हल्ला पुगेको छ, निगम स्रोतले भन्यो । निगमले उपभोक्तालाई सहजरूपमा ग्यास उपलब्ध गराई रहेको भन्दै, गलत हल्ला र अफवाहको पछाडि नलाग्न उपभोक्तालाई आग्रह समेत गरेको छ।

इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्