Logo
  श्रावण १२, २०७८ मंगलबार

देशभर २ हजार ८३८ जना कोरोना संक्रमित थपिए, ३० को मृत्यु



काठमाडौँ, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्