Logo
  श्रावण १२, २०७८ मंगलबार

मेयर पदका लागि चुनाव लड्छु : सरिता गिरी



काठमाडौँ, ६ साउन । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएकी सरिता गिरीले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा चुनावमा सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।

‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु।’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनिन्, ‘लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन् । उनको अधिनायकवादलाई जनताले परास्त गर्ने छ । अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने छु’ उनले आफूसँग सहयोग र सम्पर्कका लागि अपील समेत गरेकी छन् ।

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई नयाँ नक्सालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने क्रममा पार्टीको ह्वीप नमानेपछि प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्