Logo
  श्रावण १२, २०७८ मंगलबार

कट्रिनाको फिल्म र प्रेम



काठमाडौँ, १ साउन । बलिउड अभिनेत्री कट्रिना कैफको आज शुक्रबार जन्मदिन परेको छ । १६ जुलाई १९८३ हंङकङमा जन्मिएकी कट्रिनाको आज ३८ औँ जन्मदिन हो । ​कट्रिना जब फिल्ममा आएकी थिइन् । सो समय उनलाई हिन्दी बोल्न समेत राम्रोसँग आउँदैन थियो । अहिले भने उनी हिन्दी फिल्मको सफल अभिनेत्रीमा पर्छिन् ।

फिल्म अभिनयले मात्र होइन, कट्रिना फेसन सेन्स र सुन्दरताको कारण सबैको प्रिय भएकी छन् । जीवनमा आफ्नो फरक पहिचान बनाउन उनले निकै संघर्ष गरेकी छन् ।

सक्कली नाम

कट्रिनाको सक्कली नाम कट्रिना टरकोटे हो । ‘बुम’बाट बलिउडमा डेब्यु गरेकी उनलाई फिल्ममा पाइला राख्दाको समय आयशा श्राफले नाम परिवर्तन गरेर पहिले कट्रिना काजी र त्यसपछि कट्रिना कैफ राखिदिएकी थिइन् । कट्रिनाको आमाको नाम टरकोटे हो, भने बुबाको मोहम्मद कैफ रहेको थियो ।

१४ बर्षको उमेरमा कट्रिनाले मोडलिङबाट करियरको सुरुवात गरेकी थिइन् । बार्बी मोडलबाट अभिनयमा भित्रिएकी कट्रिना बलिउडकी पहिलो अभिनेत्री हुन् । उनी निकै धार्मिक स्वभावकी छिन् । हरेक फिल्म रिलिज पहिले उनी सिद्धिविनायक मन्दिर, चर्च लगायत जाने गर्दछिन् ।

फिल्मी करियर र प्रेम

‘बुम’ फिल्मबाट बलिउड करियर सुरु गरेकी कट्रिनाको यो फिल्म फ्लप भएको थियो । २००५ मा उनले फिल्म ‘सरकार’मा सानो भूमिका पनि निर्वाह गरेकी थिइन् । त्यसपछि उनी २००५मै सलमान खानको फिल्म ‘मैने प्यार क्यों किया’ अभिनय गरिन् । यो फिल्मले सफलता दिलाउनुको अलवा दर्शकमा समेत परिचित गरायो । उनले अहिलेसम्म थुप्रै राम्रा फिल्म अभिनय गरेकी छन्, भने शीला की जवानी, चिकनी चमेली जस्ता आइटम गीतबाट पनि चर्चा पाएकी छन् ।

कट्रिनाले नमस्ते लन्डन, हम दीवाना कर गए, पार्टनर, रेशलगायत थप्रै फिल्ममा अभिनय गरेकी छन् । पर्दामा उनको जोडी अक्षयकुमार र सलमान खानसँग बढी जमेको छ । सलमान खानसँग एक समय उनको अफेयरको चर्चा पनि थियो । त्यसपछि रणवीर कपुरसँग नाम जोडियो । अहिले भने उनको नाम विक्की कौशलसँग जोडिने गरेको छ । यस विषयमा विक्की र कट्रिना दुवैले मुख खोल्न बाँकी रहेको छ ।

अहिले कट्रिना फिल्म ‘सूर्यवंशी’मा देखिदैछिन् । दश वर्षपछि कट्रिना अक्षयकुमारका साथ यो फिल्ममा देखिन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्