Logo
  श्रावण १२, २०७८ मंगलबार

नेदरल्याण्डका रोबिनले गरे खेल जीवनबाट सन्यास घोषणा



(FILES) This file photo taken on June 9, 2017 shows Arjen Robben of the Netherlands celebrating after scoring during the World Cup 2018 qualification football match between the Netherlands and Luxembourg in Rotterdam. – Dutch superstar winger Arjen Robben is lining up a move to J-League outfit FC Tokyo after he leaves Bundesliga giants Bayern Munich, local media reported on January 29, 2019. (Photo by JOHN THYS / AFP)

काठमाडौँ, १ साउन । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास लिएका छन् । जर्मन क्लब बायर्न म्युनिखका पूर्व विंगरसमेत रहेका रोबिनले बिहीबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

रोबिनले ३७ वर्षको उमेरमा २१ वर्षे खेल जीवनलाई अन्त्य गरेका हुन् । ‘प्रिय फुटबलका साथीहरु । मैले सक्रिय फुटबल जीवन रोक्ने निर्णय गरेको छु । मलाई समर्थन गर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद ।’ सन्यास घोषणा गर्दै आफ्ना फ्यानलाई रोबिनले भने ।

रोबिनले बयार्नका लागि ३०९ खेलमा १४४ गोल गरेका थिए । रोबिनले सन् २०१७ बाट अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले नेदरल्यान्ड्सका लागि ९६ खेलमा ३७ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्