Logo
  श्रावण १२, २०७८ मंगलबार

इङ्ल्यान्डलाई हराउँदै इटली बन्यो च्याम्पियन



काठमाडौँ, २८ असार । इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ ।

वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्