Logo
  श्रावण १२, २०७८ मंगलबार

आमिर खानसँग जोडिएका अनौठा तथ्य



काठमाडौँ, २६ असार । बलिउडमा मिस्टर पर्फेक्शनिस्टको नामले परिचित आमिर खान फिल्म उद्योगका सबैभन्दा सफल अभिनेता हुन् ।

उनले सन् १९८८ मा कयामत से कयामत बाट मुख्य भूमिका निभाएर बलिउडमा कदम राखेका थिए । उनी उक्त फिल्मबाट रातारात स्टार बने । तीन दशकको करियरमा आमिरले कयौं ब्लकबस्टर फिल्ममा काम गरिसकेका छन् ।

फिल्ममा नयाँ नयाँ प्रयोग गर्न रुचाउँने आमिर खानले कमेडी, पारिवारिक नाटक, पीरियड ड्रामा जस्ता फरक विद्यामा समेत प्रखर अभिनय गरेका छन् । उनका हरेक फिल्मले दर्शकको दिलमा बस्न सफल हुन्छन् ।

आमिरका सुपरहिट फिल्म

आमिर खानका सुपरहिट फिल्ममा ‘कयामत से कयामत तक’, ‘रंगीला’, ‘राजा हिंदुस्तानी’, ‘इश्क’, ‘गुलाम’, ‘सरफरोश’, ‘लगान’, ‘रंग दे बसंती’, ‘फना’, ‘तारे जमीं परु, ‘गजनी’ आदि पर्छन् ।

आमिरको पहिलो प्रोडक्शन

आमिरले प्रोडक्शनको काममा समेत कदम राखे । उनले आमिर खान प्रोडक्शन नामबाट प्रोडक्शन हाउसको सुरुवात गरे । उक्त हाउसबाट बनेको पहिलो फिल्म आशुतोष गोवारिकरको फिल्म लगान सन् २००१ म आएको थियो ।

आमिरको पारिश्रमिक

आमिर खान फिल्म अगाडि नै पारिश्रमिक लिने विषयमा विश्वास गर्दैनन् । उनी नाफा मात्रै लिने गर्छन् । उनी फिल्म चलेन भने फिल्ममा काम गरेको पारिश्रमिक लिने गर्दैनन् ।

आमिर खानको आउने फिल्म

आमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा रिलीज हुने तयारीमा रहेको छ । यो फिल्म हलिउडको फिल्म फाँरेस्ट गंप को बलिउड रीमेक हो । यो फिल्ममा करीना कपूर खान पनि मुख्य भूमिकामा देखिनेछिन् । आमिर यो फिल्मा शिखको भूमिकामा देखिनेछन् ।

आमिरको पहिलो पत्नी

सन् १९८६ मा आमिरले रीना दत्तासँग विवाह गरेका थिए । उनीहरुका जुनैद र इरा गरी दुई सन्तान छन् । आमिरले १६ वर्षपछि रीनासँग सम्बन्धविच्छेद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्