Logo
  बैशाख ३१, २०७८ शुक्रबार

नोवेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



विराटनगर, २२ वैशाख । विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनलाई मंगलबार राति अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सर रोग पीडित थिए ।

यसैगरी अस्पतालमा उपचारकै क्रममा विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १७ गते अस्पताल भर्ना गरिएका उनमा पुरानो कुनै रोग नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्