Logo
  बैशाख ३१, २०७८ शुक्रबार

झापामा कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु



झापा, २२ वैशाख । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित वीएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् ।

कोरोना हो वा होइन भनेर यकिन गर्न वैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ बजे मृत्यु भएको होे । उनका २ जना छोराहरु छन् । एकजना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको रिपोर्ट समेत कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्