Logo
  बैशाख ३१, २०७८ शुक्रबार

झापासहित ५१ जिल्लामा लाग्यो निषेधाज्ञा



काठमाडौँ, २२ वैशाख । कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ । तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको जनाएको छ।

गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयजना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय नै हो ।

हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्