Logo
  बैशाख ३१, २०७८ शुक्रबार

७६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु



काठमाडौँ, २१ वैशाख । कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट तीन हजार ४१७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार ७०२ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्