Logo
  बैशाख ३१, २०७८ शुक्रबार

नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने



काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको पार्टीका सह-महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्