Logo
  बैशाख ३१, २०७८ शुक्रबार

मेक्सिकोमा ओभरपास भत्किँदा २० जनाको मृत्यु



काठमाडौँ, २१ वैशाख । मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा मेट्रो रेल चल्ने ओभरपास भत्किदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मेट्रो रेल चलिरहेको अवस्थामा ओभरपास भत्किएको थियो । ओभरपास भत्किँदा सडकमा गुडिरहेको कम्तीमा एउटा कार पनि थिचिएको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले हाल उद्धार कार्य जारी रहेको बताएका छन् । उक्त दुर्घटनामा परी करिब ७० जना मानिसहरु घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको मेक्सिको सिटीकी मेयर क्लाउडिया सेइनबाउमले बताएकी छिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्