Logo
  बैशाख ३१, २०७८ शुक्रबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्