Logo
  बैशाख ३१, २०७८ शुक्रबार

प्रदेश १ मा ६०७ जनामा कोरोना संक्रमण



विराटनगर, २० वैशाख । प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्