Logo
  बैशाख ३१, २०७८ शुक्रबार

सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाइन् सपथ



काठमाडौँ,२० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्