Logo
  बैशाख ३१, २०७८ शुक्रबार

२७ गतेसम्म लम्बियो निषेधाज्ञा



बाँके, २० वैशाख । कोरोना भाइरस संक्रमण भयावह बनेको बाँकेमा निषेधाज्ञा थप एक साता लम्बिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जनाएको हो । अब २७ गते रातिसम्म निषेधाज्ञा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो । संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो ।

अहिले पनि संक्रमण दर नघटेका कारण प्रशासनले संक्रमण फैलावटको चेन ब्रेक गर्न जारी निषेधाज्ञा लम्ब्याएको हो । बाँकेमा संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्