Logo
  बैशाख ३१, २०७८ शुक्रबार

निषेधाज्ञाले रोकियो परीक्षा,परीक्षार्थी अन्योलमा



काठमाडौँ, १९ वैशाख । पछिल्लो समय कोभिड–१९ संक्रमण तीव्र रुपमा बढेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बाँकी वार्षिक परीक्षा स्थगित गरेको छ ।

बिहीबारबाट निषेधाज्ञा भएपछि त्रिविले सार्वजनिक सूचना निकालेर ‍मंगलबारबाटै परीक्षा स्थगित गरेको हो ।

निषेधाज्ञा भएको चार दिन बितिसक्दा पनि त्रिविले अब हुने परीक्षाबारे जानकारी दिएको छैन । जसले गर्दा परीक्षार्थी अन्योलमा छन् । अब परीक्षा कसरी हुन्छ भन्नेमा परीक्षार्थी चिन्तित छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाको विषयमा अहिलेसम्म केही निर्णय नगरिएको बताए ।

‘परीक्षा कसरी गर्ने विषयमा केही निर्णय लिएका छैनौँ,अब २२ गतेसम्म स्थिति हेरेपछि मात्र यस विषयमा छलफल गरी निर्णय लिन्छौँ । ’अवस्था सामान्य भए अनलाइनबाट नभई भौतिक उपस्थितिमै परीक्षा गराउने उनले बताए ।

निषेधाज्ञा जारी हुनुअघि मानविकी, व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्