Logo
  बैशाख ३१, २०७८ शुक्रबार

‘प्रस्तुती’: एक कथा



झापा, १८ वैशाख । घडीभित्र रहेका तीन काँटाहरू मध्ये एक प्रत्येक सेकेण्डमा स्वाहिँ स्वाहिँ गरि टकटकको ध्वनि उत्पन्न गरि घूमिरहेको थियो, एकदेखि ब्राहसम्म निर्वाद दौढिँदै, जति घडीभित्रका काँटाहरूले आफ्नो दिशा परिवर्तन गर्थे चन्द्रमाको प्रकाशले निदाको रात अझ अँध्यारोमा गाँढिँढै जान्थ्यो, काला अन्धकार ! मलाई यो रातको अन्धकारको समयहरू समाप्त नभई अन्नत समयसम्म नबिसाई, नरोकी,चलिरहोस जस्तो अनूभूति हुन्छ, रातको चिसो वायूको ध्वनि विभिन्न रातमा रमाउने चरा, फटयांग्राका ध्वनिहरू बढो आन्दित र रोमान्चक लाग्छ, हर्षको बोध दिलाउँछ । मेरो श्रीमान कोठाभित्रको एक कुनाबाट मिठो र नम्र स्वरमा कविता वाचन गरिरहनु भएको थियो त्यो रात ।

गाँढीढै छ यी अँधेरी रात
मादकको लाग्दैछ गहिरोमा
समाईदेऊ मेरा यी दुई हात
अनि लाग्ला तिम्रो योवनको मात ।
सधैँ भरलाई छौ नि, मेरो सात ?
हैन भने नसमाऊ मेरा यी हात
जाँगन देऊ मलाई, मिठो छ
यी अँधेरी रात
के हुन्छ लाग्दा यो रातको मात ?
कोमल, नछोडौ नछोडौ लाग्दो हो
तिम्रा ती हात
हे दैव ? कस्तो नमेटिएको मेरो मात ?
गाँढिढै छ यी अँधेरी रात
बढ्दै छ तिम्रो योवनको मात ।।

अरे ! क्या बात हे पति जी, हजूरले त मेरो दबिएर गूमसिएकै विचार प्रष्ट गर्नुभो त । के हुन्छ लाग्दा यो रातको मात ! वहाँले मधुरो ध्वनिमा मलाई बोलाउनु भयो प्रस्तुती तिमीसँग गंभिर विषयमा छलफल गर्नु छ यहाँ आउँन, हामीसँगै बिछ्यौनामा थियौं वहाँले मेरो शिरको केश सुमसुमाउँदै भन्नु भयो, हामीलाई सन्तान चाहिँदैन ?

हाम्रो संवाद फेसबुकबाटै सुरूभएको थियो, यो फेसबुकको दूनियाँले सुरुवात गरेको हाम्रो संवाद आज यस्तो दूनियामा ल्याएर उभैयो जस्को वर्णन गरेर साध्य नै छैन । म अमेरिकामा बसोबास गर्थे , वहाँ नेपालमा ! हामी फेसबुकबाटै प्रेमको वन्धनमा गाँसिएका थिएऊ जून वन्धन विवाहको मन्डप सम्म गाँसियो, विवाहको छिनोफानो भइ हिन्दु धर्मलम्बिअनुसार विवाह सम्पन्न भयो, त्यो अन्तिम दिन थियो नेपालमा, हामी आजसम्म फर्केर गएका छैनौं । भोज र नृत्यको मनमोहक कार्यक्रमको आयोजनामा वहाँका आफ्न्त, शुभेच्छुक,साथीहरूको समावेशले हलमा आकर्षणको दृष्य देखाएको थियो, आफ्ना निकै घनिष्ट साथी हूँदा हुन्, संवादहरू जीवनकाे याे पानाबाट भूल्न सक्दिन, बढाे उतेजित र गर्भकाे सात अमेरिका जाँदै छु भन्ने ध्वनिहरूले ईष्टमित्रहरूलाई प्रहार जनाइरहनु भएकाे थियाे जून दम्ब, घमण्ड भरिएकाे भाव रह्याे, अस्वाभाविक शब्दहरू मिश्रीत ध्वनिहरू ! वहाँकाे त्यस ध्वनिमा मलाई समावेश जनाइरहेकाे थियाे, मदिराकाे सेवनमा लिप्त भै मलाई परिचालन गरिएकाे स्पष्टै सुनिन्थ्याे, अमेरिकाकाे नारीसँग विवाह गर्नु भनेकाे अमेरिकामा स्थिर हुनु हाे, मेराे प्रेमका खाेट भन्ने निश्चित रूपमै छैन, मैले अनुसरण गरेकाे विधि गलत हाेला तर प्रेमकाे भाव निश्चल र निर्मल नै छ, अमेरिका सहरमा पाइला टेक्ने मनस्थिति हाे साथै प्रेममा गाँसिएकाे हाे जून भावनात्मक छ । ती संवादकाे विषयमा मैले कहिले वहाँसँग बहस गरिन र गर्नु पर्ने स्थिति पनि आएन ।

हामीले सबै कानुनी प्रक्रिया सम्पन्न गरेर अमेरिका पूयौं केहि समय राेमान्चक नै रह्याे ।  जब मानविय मनाेशाय पूर्णत हुँदैन तब मानव विभिन्न किसिमका वैकल्पिक विधि भनाैं या बाटाहरूबाट आफ्नाे आवश्यकता पूर्णता गर्छन .. याे मानविय स्वभाव हो, चलचित्रकाे कथामा मात्र दुई बिचकाे प्रेमले समस्याका वाधाहरू समाधान गर्छन, वास्तविकतामा याे गलत रहेछ .. भाेगियाे… समस्याका अवराेधका काँडाहरूकाे जन्मै नभएकाे भए वैकल्पिक विधि/ बाटाहरू अनुसरण या कार्यान्वयन सायद हुँदैन थिए, हामीले पनि वैकल्पिक बाटाेलाई बाध्यतावस स्विकार्याैं, मानवका विभिन्न वैकल्पिक बाटाहरू हुन्छन रकमकाे आम्दानीकाे लागि, पूँजीपतिकाे भिन्न वैकल्पिक बाटाे हुन्छ जून तुलानात्मक हिसाबले नैतिकवान,आर्दशवान र सम्मानपूर्वक रहन्छ । 

हामी जस्ता पूँजीकाे अभाव रहेकाे मानवहरूकाे  वैकल्पिक बाटाहरू तुलानात्मक हिसाबले अनैतिक, हेलापूर्वक रहन्छ, याे मानव कल्पित अनुपातकाे विषय हाे, विचार हाे .जून सत्य हाे या असत्य अनुपात जानाेस .. पूँजीकाे अभावकाे समस्या विश्वकाे जूनै भूगाेलमा पनि देखिन्छ  ..  विश्वमा मानव दुई प्रकृत्तिका गरिब हुन्छन एउटा जसलाई गाँस, बाँस,कपासकाे अभाव छ अर्का गरिब भनेका तुलनात्मक गरिब जून अरू भन्दा कम्ती पूँजी छ हामी दाेस्राेमा पर्थ्याैं, छिमेकीकाे तुलनामा हामी गरिब … हामीले पनि वैकल्पिक बाटाेकाे समून्द्रमा छलाङ्ग मारेऊ,यहि बाटाेलाइ अनैतिक, रूणिवादि भन्ने गर्छन नेपाल देशकाे समाजमा .. विश्वकै सबैभन्दा गार्हाे व्यापार गरेऊ जसमा भावनात्मक, मानसिक भाव मिश्रित छ .. व्यापारकाे मुख्य उद्देश्य नै रकमकाे तिब्र आर्जन हाे .. शरिरकाे व्यापार … । हाम्राे व्यापारमा अवश्य तीब्र आर्जन हुनेछ, संखै छैन । त्याे पहिलाे दिन अझै भूलेकाे छैन मैले !

छायांकन हलमा प्रवेश गरेऊ  म बेग्लै काेठामा प्रवेश गरे वहाँ बेग्लै .. त्यहाँ तीन व्यक्ति थिए, मेराे वस्त्रलाई बिस्तारै खाेल्ने निधाे गरे.. माथिकाे  भेष्ट खाेल्दा शिरमा कपला बाँधिएको थियो, जस्ले भेष्ट अडकाइरहेकाे थियाे …शरिरकाे शक्तिकाे प्रयाेगमा वृद्धि गरे… फूसकियाे बल्ल तल्ल.. भित्री वस्त्र सेताे रङ्गको ब्रा त्यसकाे हुक कसिएकाे थियाे . एक व्यक्तिलाई सहयाेगकाे लागि आग्रह गरे . मनमा लाजकाे भावले चस्स बिजयाे .. उसकाे हस्तले मेराे डाँडा स्पर्श गर्याे .. त्याे पूरूष तेस्रो व्यक्ति थियाे जसले मेराे शरिरकाे अङ्ग स्पर्श गरेकाे थियाे .. मेराे शरिरले अनुमति दिएकाे थियाे तर हृदयले  सायद दिएकाे थियाे या थिएन … म जाँन्दिन ! हाेइन भने मेराे मनमा लाजकाे… हडबडाहदकाे हृदयकाे ध्वनिमा तिब्रताकाे  भावले किन बिज्थियाे ?

हाे भने मेराे शरिरले अनुमतिकाे प्रस्तावमा किन प्रश्नकाे भिताले छेक्दैन थियाे . भित्री याेनी ढाँकीरहेकाे वस्त्र आफैं खाेले ..तन र मनकाे संघर्षमा विजयता त मनले प्राप्त गर्छ भन्थे तर मेराे याे जिन्दगीमा तनले जित हासिल गर्याे तनकाे शक्तिले मनकाे शक्तिलाइ पराजय गर्याे .. कालाे क्यामेरा बाेकेर एक गाेराे पूरूष अलिक पर निलाे कुर्सीमा बसिरहेको थियाे .. चलचित्रका अर्का पात्रले पनि आफ्नाे वस्त्र खाेली नजिकैकाे कुर्सीमा राखेका थिए .. याे सहमतिका साँचीले स्पष्ट निर्देशन दिइरहेका थिए हामी दुई (निवस्त्र) पात्रहरूलाई…वहाँ  छाँयाकनकाे निर्देशक रे ! ध्वनिमा कमजोरीकाे भाव थिएन !

पशामा समावेश भएकाे अनुभव झल्काउँथियाे … बरू निर्देशनकाे पालना गर्ने एक पात्र ममा अन्तर हृदयमा त्रास थियाे.. मानाैं पहिलाे पल्ट स्टेजमा गएर माइकमा प्रवचन दिए जस्ताे, अझ बढी त्रास स्टेजमा आफ्ना पाइला टेकी हातले माइक समाती बाेल्ने रहर हुँदाहुँदै पनि काम्छन यी हस्तहरू .. त्यसरी नै तनकाे अनुमतिले पनि छेक्न सकेन पात्रकाे अभिनयकाे त्रास घडबडाहड .हात कामी रहेछ . .खुट्टा कामी रहेछ . मन कामी रहेछ … नजिकै बिछ्यौना  थियाे.. राताे रङ्गका सजाएका सिरानीहरू .. सायद कथाले त्यहि मागेकाे हुँदाे हाे ।  कुर्सीमा बसेर त्यस गाेराे यूवकले क्यामेरा तेर्सायाे निर्देशनकाे आदेश समाप्त भइसकेकाे छ मात्र दुई पात्रकाे अभिनय बाँकी पूरूषकाे याेनीकाे वीर्य उब्जन नभइनजेलसम्म समभाेगकाे कार्य चलिरह्याे ती समयमा मलाई तनकाे आन्दताकाे महसुस भाे मनकाे हाेइन ! यस समभाेगमा शरिरकाे अनुमति अवश्य थियाे अन्तर हृदयकाे थिएन निर्बाध याेनकाे अभिनय चलिरह्याे केही अभिनयमा मनकाे असन्तुष्टिले  लखेटाे वादमा याे मनले पनि सहमति दियाे ।

मेरा श्रीमानलाइ कस्तो भाव उम्रिदाे हाे वाँहि जानुहुन्छ . नारीकाे भाव र पूरूषकाे भावमा निकै अन्तर रहन्छ ! म सकिए हाेइन त ? खाेल्नु पर्ने भाव खाेलिसके हाेइन त ? मेटिए ? भन्नू पर्ने समस्त ओगलिसके ?  के बाँकी रह्याे र ?  छैन सकेकाे .. . अझै विश्लेषण उबरेकाे छ, विश्लेषणकाे बाटाे छर्लंग खाेलिसकेकाे छ मात्र चल्न, दाैडिन,  पाेख्न बाँकी … तपाईहरूकाे मनमा विभिन्न प्रश्न हाेलान हाेइन त ?  हाे यहि वैकल्पिक बाटाेलाई हामीले अनुसरण गरेऊ . मानवीय मनाेसायमा  चिन्ता ल, असन्ताेक, आर्थिक प्रतिस्पर्धाकाे भानले जब जरा गाँडीन्छ तब वैकल्पिक बाटाेकाे जन्म हुँदाे रहेछ ।

हरेक पेशामा घुलमिल हुन, घाेलीन, मिसिन समय अवधि लाग्छ, समय र अनुभवले मानवलाइ पेशागत रूपमा परिपक्वतामा  रूपान्तरण गर्छ ,  मलाई पनि गर्याे परिपक्वता  । म किशाेरी अवस्थामा हूँदा एक पूरूषसँग बिताएकाे पल झलझली याद आयाे, जब कुनै विषय वस्तुमा अन्तर सम्बन्ध रहन्छ तब ती विषयहरूले अवश्य झस्काउँछन् जसरी पानी देख्न साथ तिर्खा लाग्छ,   पूलसी देख्नसाथ पूलीस सँग घटेकाे घटना स्मरणमा आउँछ, त्यसरी नै निवस्त्र पूरूष देख्न साथ किशाेरी दिनमा घटेकाे घटना स्मरणमा याद आयाे ! मानवीय अदृश्य पूल हाे ( भाव) हाे जस्ले विगत र वर्तमानलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जाेडेकाे छ । 

मलाई कालाे रङ्ग असाध्यै मनमाेहक लाग्ने , म सँगै अध्ययन गर्ने एक यूवक कालाे रङ्गकाे वस्त्रमा सँजिएर म नजिकै आउँछ ,आँधा सर्ट , जिन्सकाे प्यान्ट,  निलाे जुत्ता बहूमत सूँहाएकाे आँखामा कालाे चस्मा सुनमा सुगन्ध ! उसले मलाई दुई दिन अघि प्रेम प्रस्ताव राखेकाे थियाे । मैले तत्काल स्विकारे .. त्याे दिन  हाम्रो पहिलाे प्रेम संवाद थियाे . ऊ भन्दै थियाे . प्रिय तिमी तारा जस्तै छेऊ कहाँ  राख्नु मुटु भित्र कि आँखा भित्र ? मुटु भित्रकाे छिन् देखिँदैन त हनुमान भए छाँती च्यातेर देखाइदिन्थे हनुमान जस्तै त छाैं नि पूच्छर त नभकाे हाे क्यारे !  अनि साँची हनुमान त कुँवारा रे नि , तिमीले देखेऊ र ? देखेत कहाँ नि? यी यहाँ भनेर उसकाे नाकमा देखाइदे ।
संवादकै क्रममा हामी यति मग्न मस्त भएछाैं घण्टाै बिताे पत्तै भएन .. हामी दुई शारीरिक प्रेम प्राप्त भयाे ! त्याे जीवनकै पहिलाे शारीरिक सन्तुष्टि थियाे जसमा एक रहस्यकाे पर्दा पल्ताकाे महसुस भयाे । 


मन भित्र दबिएकाे सम्भाेगकाे भावकाे बाँध फूट्याे . काैतूहलता र शरिरकाे मागले बाँधलाई पछाराे . त्याे पहिलाे भाेग रहयाे .. काैतूहलताकाे राेगले भाेगलाई निमत्यायाे .. बाँधलाई परास्त गर्याे मेराे शरिरलाई लाल्चना लाउनु अब? भाैतिक साम्रागी पूर्तीमा सवाल कसैले गर्छ र ? मानवलाई दैनिकी आवश्यक पर्ने साम्रगी किन्छन  जसमा भाैतिक पूर्ती रहन्छ  त्यसाेभा शरिरकाे पूर्तीमा किन अन्तरसवाल ?  याे त प्रकृतिले  दिएकाे वरदान  सरहकाे मानवीय आवश्यक शारीरिक तत्व हाे .. ।  के मैले वहाँलाई शरिरकाे  सम्भाेगकाे साधन बनाकाे मात्र  हाे र ? मनमा प्रेमका भावले जरा गाँढेकै छैन त ? उम्रेकै छैन? त्यसाे त मैले काहीँ उचारण गरेकाे छैन र गर्छु जस्ताे लाग्दैन किनकि  म प्रेममा बाँधिएकी नारी हाे .. प्रेमले नै मलाई शरिरकाे भाेगकाे आभाष दिलायाे . इत्सुकता जगायाे .. त्यसाे त आजभाेलीकाे सम्भाेगकाे छाँयाकनमा पनि प्रेम छ त ?  मैले त्यसाे काहीँ भने र ? मेराे हृदयले कति सवाल जवाफ गर्छ ..त्याे पाटाेमा उत्ररिदै छु . बाँकी नै छ .. क्रमशः आउँदै छु ।  
आफैले आफैलाई प्रश्न गरिरहे आज खाेइ किन हाे थाहा नै भएन .. सम्भाेग र प्रेमलाई तुलनामा ल्याउँ प्रेमले सम्भाेगकाे प्यास निम्ताउन सक्छ तर सम्भाेगले प्रेम निम्तैउँदैन .  भनाैं प्रेमकाे तत्वबाट सम्भाेगकाे भाव जडान हुन्छ .. ।

यसकाे मतलब याे पनि हाेइन कि सम्भाेगकाे साधनमा प्रयाेग भएकाे पूरूषसँग संवादमा , व्यापारमा जडान भएर प्रेम अन्तर मनमा जाँग्न पनि सक्छ . प्रेमकाे तत्व शरिरकाे पूर्तीसँग जाेडिन्छ ,त्यसाे त सन्त साधुकाे  आफ्नाे कक्ष, गृहमा आउँने नारीमा देखाएकाे प्रेम पनि सम्भाेगकै संकेत हाे त? हाेईन निश्चित रूपमै त्यहाँ  मानविय प्रेेम छ ..  आत्मियता छ । बुबाले छाेरीप्रति देखाएकाे प्रेम जस्ताे  तुलानात्मक हिसाबले हेर्दा  अझ फितलो … जसमा शारिरक प्रेमकाे भाव मिश्रिण हुन्न  . विपरित लिङ्ग प्रति प्रेमकाे भावना मिसिएमा मात्र  .. मनाेदशाले स्विकारेमा  मात्र सम्भाेगकाे मानसिक र शारीरिक आन्दताकाे भाव  महसुस हुन्छ  .  शारीरिक स्विकृतीले मानसिक आन्दता दिँदैन  क्षणिक शारिरक आनन्द मिल्ला दिगाे रह्न सक्दैन त्यसकाे पनि सिमा हुन्छ ।  

सिमाकाे बाँध फूटेपछि भावहरू बिलिदै जान्छ . ती काेठीमा बेचिएकी  चेलीहरूमा  मानसिक आन्दता हाेला त ? शारिरक रह्याे र ? शाररिक रहन्थ्याे हाेला यदि शरिरले स्वकृतिकाे प्रस्ताव दिएकाे भा त्यसाेकाे पनि क्षणिकता ( limitation )  रहन्छ   .. सिमाकाे बाँध फूटेपछि समाप्त हुन्छ घाटमा लास जली कालाे खरानी भएझै । मेराे याैनमा (intercourse )  शारिरक र मानसिक दूवै मिश्रित आन्दता थियाे किनकि म वँहालाई प्रेम पनि गर्दथे . क्षणिक शारिरक आन्दता मात्रै थिएन दिगाे आन्दता थियाे भावनात्मक, मानसिक सन्तुष्टि ! 

विवाहकाे मन्डप अगि नेपाल जाँदै गर्दा मैले किशाेर अवस्थामा बिताएकाे त्याे पलकाे व्यक्तिलाइ  बजारमा भेट ऊ निकै खुशी थियाे , उसँगै ६/७ वर्षकाे हूँदाे हाे छाेराे थियाे हामीले भेटेऊ एक अर्कालाइ र सँगै बसेर कफी पिएऊ , उसले भन्दै थियाे आरामै छाैं नि? उ आन्टीलाई  नमस्ते गर बाबु भन्याे . त्याे बालकले नमस्ते  गर्दा गालामा राम्रा डिप्पल निस्के कति धेरै सुँहाएकाे,मलाई  विवाहकाे शुभकामना पनि दियाे र हामी आफ्नो- आफ्नाे बाटाे लागेऊ . ऊ आफ्नै जीन्दगीमा रमाएकाे थियाे , खुशी थियाे . म पनि जीन्दगीमा रमाएकाे थिए , खुशी थिए . हाम्राे किशाेर अवस्थामा भएकाे सम्भाेग एकअर्का बिचकाे आकर्षणता मात्र थियाे  अथवा भनाैं तत्कालीन अवस्थाकाे प्रेम जून दिर्घकालिन रहेन ..  उ प्रतिकाे प्रेम मेराे मनकाे खाल्टाेमा भाँसीसकाे जून कहिले जीवित हुनेवाला छैन यस्काे मतलब याे पनि हाेइन कि ऊ मेराे यादमै नआउने . याद यस्ताे भावनात्मक  तत्व हाे  जस्ले विगत र वर्तमानलाई  जाेडेकाे छ  मानाैं याद पूल हाे भाैतिक हिसाबमा, त्यसैले म उसलाई जीवनमा भूल्न सकँदिन . सधैंभर याद आउदैन तर जीवनका कुनै न कुनै क्षणहरूमा अवश्य पनि याद आउछन् वर्णन गर्न नसकाेँला त्याे बेग्लै पाटाे हाे .. किनकि उसँग मेराे जीवनकै पहिलाे सम्भाेग भएकाे  थियाे जसमा शारीरिक र  मानसिक सन्तुष्टि थियाे जून रहस्य मेराे मन भित्रै कैद  सदैकसदैका  लागि  छ ! उसले बिगतकाे बारेमा एक शब्द पनि बाेलेन , उसलाई पनि महसुस हुँदाे ती पलहरू किशोर अवस्थाकाे किशोर अवस्थाकाे एउटा याद मात्र रह्याे , उसलाई याद आउँदा हुन् .. वर्णन गर्न नसक्दाे हाे किनकि उआफ्नै जीन्दगीमा रमाएकाे छ , जीवनकाे पाटाे नै फेरिएकाे छ .. मेराे पनि त फेरियाे.. जीवन यस्तै रहेछ यादहरूकाे खानी ।
त्यसाे भा समाजिक मूल्यकाे कदर नगर्ने त ? ?  पूर्खाै देखि चल्दै आइरहेकाे सँस्कृतिककाे सिमा मेट्नु त? भङ्ग गर्नु त?  परिवारकाे मर्यादा भाँस्नु त ?  समाजकाे मूल्य मैलेे मेटेकै छैन  .. हत्या , हिङ्सा , दकाैती , कानुन उलघ्घंन गरेका  छ र ? मैले  समाजलाई निजिकरण गरेकाे छ? समाजका कार्यलाई वाधा अवराेध गरेकाे  छ र  ?  समाज राेकिएकाे छ र कतै ? निर्वाध चलिरहेकाे छ . व्यक्तिकाे सामाजिक जीवन र निजी जीवनमा अन्तर हुन्छ कतिपयकाे अन्तर सम्बन्ध नि हाेला मेराे छैन भिन्न छ निकै नै भिन्न।  मैले धर्मकाे नाममा धङ्गा फसला मचाउँदै द्वन्द  गरेकाे छ र? समाजकाे गतिविधिमा खल्ल्ल गर्ने कार्यमा सहभागीता जनाकाे छ र ? अझ भन्ने हाे भनेत समाजले मेराे निजी जीवनलाई समाजमा उतारी उघारी चयाटन खाेज्दैछ याे त सरासर जघन्य अपराध हाे . कानुन त समाज माथि  खनिनु पर्नेहाे व्यक्तिकाे निजी जीवनलाई प्रश्न गरि नैतिकताकाे सवाल गर्दा . … बिगतदेखि चल्दै आएकाे संस्कृतिकाे नाममा जून प्रश्न थमैइएकाे छ मेराे हृदय त्यसमा असन्तुष्ट छ किनकि व्यक्ति भन्दा ठूलाे केही रहन्न . स्वतन्त्रता र ईच्छाले संस्कृतिलाई उछिन्छ . व्यक्तिले नै संकृतिकाे आविष्कार गरेकाे हाे .. संस्कृतिले व्यक्तिकाे हाेईन त्यसैले संस्कृतिकाे मान्यता मूल्यता व्यक्तिले छुटैउन सक्छ . संसकृतिमा आएकाे बिकृति मेट्दै जानू पर्छ  दाउ पर्था , सती प्रथा , आदि प्रथाहरूले समाजमा जरा गाँढेकै थियाे आज ती उन्मूलन भइसकेका छन् . मैले भन्नुकाे तात्पर्य यति हाे संकृतिकाे बिकृती मेट्दै जानू पर्छ .. व्यक्तिकाे जीवनमा सवाल गरिने सवालहरू  संस्कृतिबाट उन्मूलन पार्नु पर्छ याे मेराे स्वतन्त्र र निजी जीवन हाे .. लु ठिक छ समाज र संसकृतिलाई छाेडाें परिवारकाे मर्यादा नि? बुवा आमाकाे भावना नि?कि अाफ्नाे परिवारकाे भावनाकाे  रद्दी मतलबै छैन ? मैले त्यसाे पनि काहीँ भने र? मेराे हृदयले जहिले पनि अन्तर सम्बन्ध नभएका बिषय लाई किन जाेड्न खाेज्छ ? परिवारकाे मर्यादा र निजी जीवनमा सम्बन्ध जून किसिमले धाँजीरहेका छन् त्यसताे हुन्न याे गलत भ्रम हाे  सम्भाेग कार्य हाे जस्काे परिणाले परिवारकाे मर्यादा उलघ्घंन गर्छ याे अभिव्यक्ती भ्रामिक छ जस्तै  खाेर्सानी पिराे हुन्छ , मानव कल्पीत साेच हाे याे खाेर्सानी गुलीयाे हुन्छ भनेर बिगत देखिनै प्रचलन आएकाे भए आज मानवले खाेर्सानीलाइ गुलीयाेकाे दृष्टीले  हेर्थै  र गुलीयाे शब्दले उचारण गर्थे   , रामायणमा  दाेषी रावणलाइ देखाइन्छ तर आज पनि विश्वका विभिन्न भुगाेलहरूमा बहस जारी छ राम दाेषी  हुन भनेर   हामी रावणलाइ दाेषीकाे नजरले  हेरछाैं किनकी त्यहिँ पढाइएकाे छ त्यहि  बुझाइएकाे छ ,  यदि हामीलाई राम दाेषी भनेर  पढाइएकाे भा रामलाइ दाेषी देख्थेऊ .. मैले कसै प्रति दाेषकाे दफा लाउन लागेकाे हाेइन , मानवले स्वविवेक ठिक र बेठीककाे तर्कलाई मन्न गर्न सक्नु पर्छ । हामी बहसमा उत्रीदैनाैं , तर्क रूचाउँदैनाैं   ठिक र बेठीककाे अन्याेलतमा माेहरा बनाइएकाे छ ।


 (  मेराे निजी व्यवारले ( सम्भाेगले)  परिवारकाे मर्यादा मेट्छ भनेझै )  वास्तमा यी बिषय भ्रामिम हुन्न  .. हाम्रा आखा जे देखेदै आइरहेकाे छ कानले अन्तरसम्बन्ध छैन,  जून किसिमले प्रस्तुत गरिन्छ त्यस्ताे कदापि छैन . आँखाले देखेकाे र कानले सुनेकाे भ्रम हाे … ।      कता हरायौ  हाैं  ? भन्न हामीलाई सन्तान चाँहिदाे हाे कि नाई?  
सन्तानले मानवकाे जीवनमा राेशनी ल्याउँछ .. सुख ,उमङ्ग  खुखी बनाउँछ नि.. सन्तानलाई  त परिवारकाे गहनाकाे रूपमा हेरिन्छ .. हाम्राे जीवनमा पनि  सन्तान आवश्यक छ . मलाई  घाेडा बनाउँला म बुरूक बुरूक उर्फदै खेलाउँला . बजारबाट गुँडीया ल्याइदिउँला खेलाउँला . .औंला समाउँदै विद्यालय लगाैंला ,  बाबा बाबा भन्ने ध्वनि उचारण गर्ला .. मनमा आन्दताकाे भाव महसुस हाेला , म बाबा भन्ने शब्द सुन्न प्रतिक्षामा छु …  त्याे प्रश्न मात्र थिएन .. सन्तानकाे जन्मले हाम्राे मुहारमा खुशी छाउँला जसमा दुई मत छैन समाजकाे प्रश्नकाे खण्डन गराैंला तर बालककाे भित्री मनकाे भावमा हस्तक्षपिय भूमिका खेल्न मेराे हृदयले रूचाउँला र?   छाँतीमा अदृश्य काँडाले बिजे जस्ताे ..   ध्वनिकाे तरवारले चिडैएजस्ताे .. छाँतीमा अदृश्य भारी वस्तु खसे जस्ताे …  ।  प्रेमकाे वाधीमा दूब्न तयार भएकाे मेराे मनाेदशामा एक्कासी कल्पनाकाे धाराकाे बन्द गरेकाे टाेप्री खाेल्लिन्छ .. धाराकाे टाेप्री यसरी खाेलियाे जस्लाई अवराेधका  शक्तिहरूले छेक्न सकेन्न  धरधरी निर्बाध बगि  रह्याे … । हाम्रो अस्तित्वकाे पहिचानले चिताेराे .. अन्तरमनले गर्लैम प्रश्न ठडैयाे   सन्तानकाे अनुहार हेर्ने अवस्था.. स्थितिमा छेऊ तिमीहरू .? सन्तानले यस सुन्दर धर्तीमा आकार त  पाउला  . के पाे अवराेध छ र त्यसमा .. मात्र श्रीमानकाे शुक्राणु  आवश्यकता हाे,  पूरूषकाे  वीर्य   .। के सन्तानले साकारा पाउला त ? याे धर्तीले निर्मूलता पूर्वक अन्तर हृदयबाट अँगाला त ?

आफ्नाे काखमा राख्ला त ?  धर्तीकाे सदस्यकाे दर्जा देला त? ल ठिक छ दियाे,सन्तानकाे मस्तिष्कमा साकारकाे महसुसकाे भाव हाेला त ?   हाम्रो सन्तानकाे मनाेविज्ञानमा कस्ता प्रभाव पर्ला , समाजले उ प्रति कुन दृष्टिले हेर्ला ? हामीमा त अन्तरसवालकाे दक्षता प्राप्त छ , हामी त ती प्रश्नका झटारालाइ सामना गर्न सकाैंला , गर्दै आइरहेका छाैंर भाेली पनि  निर्बाध गर्छाैं .. । तन र मन दूवै हूरिकीरहेकाे त्याे बालक जाे मानसिक रूपले कमजाेर रहन्छ उ प्रति बित्ने ती दिनहरू कस्ता हाेलाना? काला दिनहरू..  बाटाेमा हिड्डा , विद्यालयमा  कस्ता शब्दका झटराहरू खेप्नु पर्ला?  शिक्षक सँग शिर ठाँडाे पारेर संवाद गर्न सक्ला कि नसक्ला ? साथी , सँगीनी सँग? अध्ययनमा मानसिक अवराेध आउँला कि नआउँला ? अझ सबैभन्दा गार्‍हो  , मलाई आएर सानाे मधुराे ध्वनीमा साेध्ला, के आमा याे सबै सत्य हाे ? ममा समाजलाई दिने ऊतर छ र हुन्छ, ती  अन्तीम दिनमा नेपालमा रहँदा खेरि भएकाे भाेज कार्यक्रमका ती यूवकले के भने हाेलान् ? 

उ बेला बढाे दम्बका साथ अमेरिका जाँदै छु भनुभएकाे झलझली नै छ, ती यूवकले छाँयाकनका दृष्यहरूलाई हेर्दै भन्दा हुन् खुब धेरै प्रगति गरिछेस , यीनीहरूलाई  त जवाफ दिन सकाैंला अन्तर मनै  , अन्य मानवलाई दिने उत्तर हुन्छ र छ तर मेराे त्याे सन्तानलाई के जवाफ दिन सक्छु?  उसकाे भविष्यमा काला तिँखा अवराेधका काँडै काँडा हाेलान् न त त्याे काँडालाई  फ्याल्नै सक्छ न त बिरसीनै , हरेक  उसका सिडिका पाइलामा हामी काँडा बनाैंला , जागिरमा  अवसर मिल्ला कि नमिल्ला ? विवाहमा हामी मूख्य अवराेध बनाैंला, हाम्रो याे पृष्ठभूमीले सन्तानकाे जीवनमा धेरै प्रत्येक र अप्रत्यक्ष मानसिक क्षति गर्ला ? 

 सन्तनाकाे कल्पना मस्तिष्कमा ल्याउनुनै हाम्राे जीन्दगीकाे एक भूल डहरीने छ . वहाँका बुवाआमामा समाजले  गरेकाे त्याे दृष्टि त्याे आक्राेषका भाव, त्याे भद्दा  मजाक मानवकाे जीवनकाे संवेदनशील विषयमा गरिएकाे त्याे चट्टानका प्रहारहरू ताजै छन् मस्तिष्कमा , बुवा आमाले भनेकाे  अन्तिम  राेदनकाे ध्वनि तिमीहरू हाम्रा लागि मरेऊ क्रिया गरिसकेऊ भन्दाकाे  पिँडा अझै जिउँदै छन् मस्तिष्कमा . साँचिनै हाम्राे सन्तानले आकार पाएनि साकार पाउँदैनन् , हामीले याे कल्पना मस्तिष्कबाट कुँवाउँनु पर्छ ..  सन्तनाले मानवकाे जीवनमा खुशी, उमङ्ग , सुख  ल्यैऊछ तर हाम्रो जीवनमा भने दुख , राेदन , पिडा मात्रै ल्याउने छ

मेराे श्रीमानलाई  नै हेराैं न वहाँले आफ्नाे बुवा – आमाकाे जीवनमा खुशी ल्याउँनु भयाे त कदापि ल्याउनु भएन … झन सन्तान ? सन्तानले हामीलाई क्षणिक सुख दिन्छ दिर्घकालिन दिँदैन , सन्तानकाे मुहारमा क्षणिक हाँसाे देखिएला दिर्घकालिन रहँदैन . भन्न सन्तान चाहिँदैन? मैले वहाँकाे मुहारलाई  निहाँले   मुहारमा राेशनीका छिटाहरू थिए सन्तान शब्दमा वहाँकाे खुशीकाे याे पललाई  मेटाउँन चाहिँन र जिब्रोसम्म एकाे नाइलाइ पनि जिब्राेमै थाँती राखे र भाेली भन्छु भनेर मन मनै साेचे भन्न सन्तान चाँहिन्छ नि … ? सन्तान चाँहिन्छ नि ?


प्रतिक्रिया दिनुहोस्