Logo
  बैशाख ३१, २०७८ शुक्रबार

सुनको भाउ सात सय रुपैयाँले घट्यो



काठमाडौँ, १५ वैशाख । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार सात सयले घटेर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्