Logo
  बैशाख ३१, २०७८ शुक्रबार

त्रिविका सम्पूर्ण परीक्षाहरु स्थगित



काठमाडौँ, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले सञ्चालित वा सञ्चालन प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा समितिको बैठकले कोरोनाको दोस्रो लहरका कारण विभिन्न स्थानमा भएका लकडाउन तथा निषेधाज्ञाका कारण यथास्थितिमा परीक्षा गर्न नसकिने निर्णय गरेको हो ।

बैठकले वैशाख १४ गतेदेखि हाल भइरहेका र हुने तय भएका सम्पूर्ण तहका सबै परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्