Logo
  बैशाख ३१, २०७८ शुक्रबार

मैनालीको ‘सिरिङ्गै भएँ म त’ सार्वजनिक



झापा, ८ वैशाख । गायक मोहन मैनालीको ‘सिरिङ्गै भएँ म त’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजानिक गरिएको उक्त गीतमा आसिश समिपको शब्द रचना रहेको छ भने नविन सादेम्बाले संगीत भरेका छन ।

हालै सार्वजनिक भएको ‘सिरिङ्गै भएँ म त’ बोलको गितको म्युजिक भिडियो पनि चाँडै सार्वजनिक गरिने गितकार आशिस समिपले बताए ।

यसअघि पनि ‘धोका’ बोलको गीत गाएका मैनालीको यो दोश्रो सांगितिक कोशेली हो ।

नेपाली सांगितिक क्षेत्रमा संघर्षरत मैनानी झापाको बाह्रदशीका स्थाई बासिन्दा हुन । दुबईमा रहँदा २ बर्ष पहिले धोका बोलको गीत सार्वजानिक गरेका मैनालीले उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्