Logo
  बैशाख ८, २०७८ बुधबार

चोरी गरेको आरोपमा पाँचजना पक्राउ



काठमाडौँ, २६ चैत । घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौँ उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ , काठमाडौँ,चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्