Logo
  बैशाख ८, २०७८ बुधबार

पीएसजीले बायर्न म्युनिखलाई हरायो



काठमाडौँ, २६ चैत । च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हराएको छ ।

गएराति भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे । बायर्नका लागि मोटिस र मुलरले एक-एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ । गएको सिजनमा फाइनल पुगेर पनि उपविजेता बनेको पीएसजीले उपाधि गुमाउँदाको बदला समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्