Logo
  बैशाख ८, २०७८ बुधबार

नेपाल पत्रकार महासंघ निर्वाचन: झापाको अध्यक्षमा एकराज



बिर्तामोड चैत २६ । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाबाट १५५ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

प्रेस युनियनसहितको प्यानलबाट उम्मेद्वारी दिएका गिरीले १५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी ओली पक्षीय प्रेस चौतारीका विशाल नेम्बाङले ७४ मत ल्याएका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी नेपाल पक्षीय प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याएका छन् ।

त्यस्तै खुल्ला उपाध्यक्षमा केशव भट्टराई १३१ मतसहित विजयी बने । उनका प्रत्यासीहरु गोपाल झापालीले ९६ र हिमाल खरेलले २६ मत हासिल गरे । त्यस्तै महिला उपाध्यक्षमा सुशिला संग्रौलाले १४० मत ल्याएर विजयी हासिल गरिन् । उनका प्रतिद्वन्दी सावित्रा दाहालले १०७ मत प्राप्त गरिन् ।

त्यसैगरी सचिव पदमा १२८ मतसहित डिकेश लामा विजयी बने । उनका प्रत्यासीहरु सुब्रत न्यौपानेले ९९ र प्रेम आचार्यले २५ मत ल्याए । त्यस्तै खुल्ला सहसचिवमा राजु पाठक विजयी भएका छन् । उनले १५५ मत ल्याउँदा उनका प्रतिष्पर्धी विनोद सापकोटाले ९२ मत ल्याए ।

त्यस्तै समावेशी सहसचिवमा अर्जुन राजवंशी १७२ मतसहित विजयी बन्दा उनका प्रतिष्पर्धी देशराज नेम्बाङले मात्र ७३ मत ल्याउन सके । त्यसैगरी कोषाध्यक्षमा रंजित प्रसाई १३३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

त्यसैगरी सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै दलित सदस्य पदमा १४० मतसहित रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे । आदिवासी जनजाती सदस्यमा राजन साम्पाङ १२४ मतसहित विजयी भए भने उनका प्रतिद्वन्दी सेसेहाङ फियाकले १०९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी खुला सदस्यहरुमा सुनिरा मैनाली १२१, चिरञ्जिवी घिमिरे १३३, मनिषा चम्लागाईं १५१, शुष्मा राजवंशी ११५, होमप्रसाद अधिकारी १२२, विनोद पाण्डे १४७, द्रोण अधिकारी १०७, अच्युतराज सुवेदी १०७ र अनिल वाग्ले १०५ मत प्राप्त गरी निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्