Logo
  बैशाख ८, २०७८ बुधबार

पत्रकार महासंघ निर्वाचन: इलामको अध्यक्षमा विप्लव



इलाम, २६ चैत । नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा विप्लव भट्टराई निर्वाचित भएका छन ।

नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचनमा इलाममा अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा भएको थियो ।

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव) र प्रेस संगठन नेपालका सुजन तिम्सिनाबीच प्रतिस्पर्धा भएको हो ।

विप्लवले १०६ मत ल्याएर विजयी भएका हुन । उनका निकतम प्रतिस्पर्धी तिम्सिनाले ४८ मत पाएका छन् ।

त्यसैगरी महिला उपाध्यक्षमा सुनिता राईले ९६ मत ल्याउदा उनको प्रतिस्पर्धी बुद्धमाया सोङमीले ५७ मत पाएकी थिइन ।

त्यस्तै सचिव पदमा प्रेम अधिकारीले ८९ मत पाएर विजयी हुँदा उनको प्रतिस्पर्धी राजेश पराजुलीले ६३ मत पाएका छन् । अन्य पदमा सर्वसहमत भए पनि अध्यक्ष महिला उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्