Logo
  बैशाख ८, २०७८ बुधबार

एमालेमा सक्रिय बोहोरालाई माओवादीको स्पष्टीकरण



धनगढी, २५ चैत । अछाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य झपटबहादुर बोहोरालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्रबाट चुनाव जितेका बोहरा नेकपा एमालेमा सक्रिय भएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका बताए ।

पत्रमा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा रहने भनेपछि पनि बोहराको क्रियाशीलता एमालेमा देखिएको र एमाले केन्द्रीय समिति सदस्यमा समेत नियुक्ति भएको देखिएकाले पार्टी परित्याग गरेरनगरे बारे प्रश्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्