Logo
  बैशाख ८, २०७८ बुधबार

संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे: प्रचण्ड



सल्यान, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।

ओलीले संविधान च्यात्ने काम गरेका र कम्युनिस्ट पार्टी विघटन गरेको उनको भनाइ थियो । ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किचिदिने र विदेशी शक्तिसामु आत्मसमर्पण गरे,’ प्रचण्डले भने ।

त्यस्तै सर्वोच्च अदालतप्रति लक्षित गर्दै नेकपा नाम विवादमा पनि उनले असन्तुष्टि जनाए ।

मधेशका जनतालाई पनि लोकतान्त्रिक निर्वाचन ल्याएको र आफैंले देशमा सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याएको पनि जिकिर गरे । यसरी आफूले देशमा राजनीतिक अस्थिरता नहुने सपना देखेको पनि बताए ।

देश‍ समृद्धिको बाटोमा लैजाने आफ्नै सोच रहेको उनले जिकिर गरे । उनले आफ्नै प्रस्तावमा देशमा कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव ल्याएको दाबी दोहोर्‍याएका थिए ।

देशलाई विकासको बाटो लैजाने सपना पनि आफैंले देखेको उनले बताए । किसानको पक्षमा परिवर्तन ल्याउने पनि आफूले नै सपना देखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्