Logo
  बैशाख ८, २०७८ बुधबार

झापामा भेटियो पुरूषको शव



झापा, २५ चैत । झापामा एकजना पुरूषको शव फेला परेको छ ।

बुधबार बिहान सवा आठ बजे बिर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्प छेउ नजिकैको झाडीमा एक पुरूषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-६ बस्ने ५० वर्षीय गौतम परियार छन् ।

उनी उत्तानो परेको अवस्थामा मृत फेला परेका थिए । स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय अनारमनीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्