Logo
  बैशाख ८, २०७८ बुधबार

विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ



काठमाडौँ, २५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन् ।

प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने एक थान बालासहित धनुषाका ३४ वर्षीय प्रकाश महरालाई पक्राउ गरिएको हो ।

फ्लाई दुबई एयरलाईन्सको उडानबाट युएईको दुबईबाट काठमाडौँ आएका उनलाई अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्