Logo
  बैशाख ८, २०७८ बुधबार

रियल म्याड्रिडको सानदार जित



काठमाडौँ, २५ चैत । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा रियल मड्रिड विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलल लिभरपुलमाथि सहज जित हात पारेको हो । भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

लिभरपुलका लागि मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्