Logo
  बैशाख ८, २०७८ बुधबार

दिनहुँ हराउँछन् १० जना बालबालिका



काठमाडौँ, २४ चैत । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दसजना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् ।

प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५३३ बालिकासहित ६१२ बालबालिका हराएका छन् । परिषद्का अनुसार ७ प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउनेमा प्रदेश २ अगाडि छ, जहाँ अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै (८७ प्रतिशत) बालिका मात्रै छन् । हराएकामध्ये २२१ बालिका भेटिए पनि ३१२ को अत्तोपत्तो छैन ।

प्रदेशगत तथ्यांक केलाउँदा प्रदेश २ पछि सबैभन्दा धेरै बालबालिका वाग्मती प्रदेशबाट हराएको देखिन्छ । वाग्मतीबाट ४५२ बालबालिका हराएका छन् भने प्रदेश १ बाट २९९, गण्डकीबाट ३१०, लुम्बिनीबाट २८६, सुदूरपश्चिमबाट २३ र कर्णालीबाट १२६ बालबालिका हराएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्